तीन महिना भित्र पुँजी कायमगर्न निर्देशन



हाम्रो इकोनोमि

काठमाडौं । बिमा समितिले जीवन बिमा व्यवसाय सञ्चालनका लागि नयाँ कम्पनीहरूलाई पुँजी कायम गर्न तीन महिनाको समय दिएको छ । समितिर्ले पत्राचार गर्दै तीन महिनाभित्र पुँजी कायम गर्न निर्देशन दिएको हो । नयाँ १२ जीवन बिमा कम्पनीमध्ये १० वटाको स्वीकृतिका लागि समितिले अर्थ मन्त्रालयमा पठाएकोमा मन्त्रालयले १० वटै कम्पनीलाई सञ्चालन अनुमति दिएको छ ।

संचालनको लागी अनुमति मागेका कम्पनीमध्ये युनीलाइफ इन्स्योरेन्स र स्टयाण्डर्ड लाइफ इन्स्योरेन्सको प्रक्रिया भने रोकिएको छ । आवश्यक प्रक्रिया पूरा नगरेकाले लाइसेन्स प्रक्रिया रोकिएको छ ।

े जीवन बिमा कम्पनीको हकमा चुक्ता पुँजी २ अर्ब तोकको छ भने निर्जीवन बिमा कम्पनीको हकमा १ अर्ब तोकिएको छ । सोहीअनुसार १० वटा कम्पनी सञ्चालनसँगै बजारमा २० अर्ब रूपैयाँ लगानी हुने भएको हो । बिमा क्षेत्रमा बढेको लगानीले रोजगारीको अवसर सिर्जना गर्ने समितिले बताएको छ ।नेपालमा ९ जीवन बिमा, १७ निर्जीवन र एक पुनर्बिमा कम्पनी सञ्चालनमा छन् । यस्तै, १० वटा नयाँ जीवन बिमा र ४ वटा निर्जीवन बिमा कम्पनी पनि थपिने भएका छन् । समग्रमा नयाँ कम्पनी थपिएसँगै नेपालमा बिमा कम्पनीहरूको संख्या ४१ पुग्नेछ ।

 

प्रतिक्रिया दिनुहोस
नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

प्रभु बैँकका ग्राहकलाई ससः त्वामा १५ प्रतिशतसम्म छुट

    प्रभु बैँक लिमिटेड र कीर्तिपुर नगरपालिका–३ सागलस्थित ससः त्वा हस्पिटालिटी प्रालिबिच...

प्रभु बैंकले ३ करोडसम्म घर कर्जा दिने

    प्रभु बैंक लिमिटेडले घर तथा सवारी साधन खरिदका लागि नयाँ होम...

माछापुच्छ्रे बैंकको डिसिइओमा पाँडे

    माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ)मा कल्याणविक्रम पाँडे नियुक्त...