तीन महिना भित्र पुँजी कायमगर्न निर्देशन



काठमाडौं । बिमा समितिले जीवन बिमा व्यवसाय सञ्चालनका लागि नयाँ कम्पनीहरूलाई पुँजी कायम गर्न तीन महिनाको समय दिएको छ । समितिर्ले पत्राचार गर्दै तीन महिनाभित्र पुँजी कायम गर्न निर्देशन दिएको हो । नयाँ १२ जीवन बिमा कम्पनीमध्ये १० वटाको स्वीकृतिका लागि समितिले अर्थ मन्त्रालयमा पठाएकोमा मन्त्रालयले १० वटै कम्पनीलाई सञ्चालन अनुमति दिएको छ ।

संचालनको लागी अनुमति मागेका कम्पनीमध्ये युनीलाइफ इन्स्योरेन्स र स्टयाण्डर्ड लाइफ इन्स्योरेन्सको प्रक्रिया भने रोकिएको छ । आवश्यक प्रक्रिया पूरा नगरेकाले लाइसेन्स प्रक्रिया रोकिएको छ ।

े जीवन बिमा कम्पनीको हकमा चुक्ता पुँजी २ अर्ब तोकको छ भने निर्जीवन बिमा कम्पनीको हकमा १ अर्ब तोकिएको छ । सोहीअनुसार १० वटा कम्पनी सञ्चालनसँगै बजारमा २० अर्ब रूपैयाँ लगानी हुने भएको हो । बिमा क्षेत्रमा बढेको लगानीले रोजगारीको अवसर सिर्जना गर्ने समितिले बताएको छ ।नेपालमा ९ जीवन बिमा, १७ निर्जीवन र एक पुनर्बिमा कम्पनी सञ्चालनमा छन् । यस्तै, १० वटा नयाँ जीवन बिमा र ४ वटा निर्जीवन बिमा कम्पनी पनि थपिने भएका छन् । समग्रमा नयाँ कम्पनी थपिएसँगै नेपालमा बिमा कम्पनीहरूको संख्या ४१ पुग्नेछ ।

 

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी

    विशेषगरी उद्योगी एवम् व्यवसायीहरुले चासोका साथ हेरिएको मौद्रिक नीति भोलि शुक्रबार