फिफा बरियतामा नेपालको उल्लेख्य सुधार, नेपाल दक्षिण एसियाको पाँचौं



काठमाडौँ । विश्व फुटबल महासंघको सर्वोच्च निकाय फिफा वरियतामा ब्राजिल फिफा बरियताको शीर्षस्थानमा छ भने अर्जेन्टिना दोस्रो र जर्मनी तेस्रो स्थानमा छ । यस्तो अवस्थामा नेपालले पनि पछिल्लो समय निकै सुधार गरेको छ ।

फिफाले सार्वजनिक गरेको बरियताअनुसार नेपाल चार स्थान सुधार गर्दै १ सय ६९ औँ स्थानमा उक्लिएको छ । नयाँ बरियता अनुसार नेपाल दक्षिण एसियामा पाँचौँ स्थानमा छ । दक्षिण एसियामा शीर्षस्थानमा रहेको भारत समग्रमा एकसय स्थानमा छ ।

दक्षिण एसियाली राष्ट्रमा नेपाल भन्दामाथि रहेको भुटान २ स्थान तल झर्दै १ सय ६६ औँ स्थानमा पुगेको छ ।

दोस्रो स्थानमा रहेको माल्दिभ्स समग्र बरियताको एकसय ५६ औँ स्थानमा छ । पछिल्लो बरियतामा माल्दिभ्स चार स्थान तल झरेको छ । त्यसैगरी, अफगानिस्तान चार स्थान खस्कँदै समग्र एक सय ५८ औँ स्थानमा छ । दुई स्थान तल झरेको भुटान एक सय ६६ औँ स्थानमा छ । नेपालभन्दा पछाडि रहेको बंगलादेश एक सय ९२ औँ र श्रीलंका एक सय ९७ औँ स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री ओली र फुटबलर रोबर्टो कार्लोसबीच भेट

    प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका विश्वचर्चित ब्राजिलियन फुटबलर

मिस एण्ड मि. आइडल सिजन २ को घोषणा

    स्पार्कल इन्टरटेन्मेन्टको आयोजना तथा सिइयो नितु कुमारी श्रेष्ठको नेतृत्वमा “मिस एण्ड

बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने

    बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने तयारी गरेको छ । बुढानिलकण्ठ

एमाले बागमतीमा पुराना जगाऊँ, नयाँ बढाऊँ अभियान

    नेकपा एमाले वाग्मती प्रदेश कमिटीको सचिवालय बैठक सोमबार सम्पन्न भएको छ