विश्व क्रिकेट लिगका खेलाडी छनोट



काठमाडौँ । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत केन्याविरुद्धको खेलका लागि २४ खेलाडी छनोट भएका छन् ।

छनोट भएका खेलाडीमा कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, दीपेन्द्र श्रेष्ठ, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, अमित श्रेष्ठ, दीलिप नाथ, सुसन भारी, मेहबुब आलम, करण केसी तथा सागर पुन छन् । त्यसैगरी, शरद भेषावकर, कुशल भुर्तेल, वसन्त रेग्मी, विक्रम सोब, शक्ति गौचन, भुवन कार्की, अभिनाश कर्ण, सोमपाल कामी, सुनिल धमला, राजेश पुलामी मगर, विनोद भण्डारी र सन्दीप लामिछाने सो टोलीमा छनोट भएका छन् ।

छनोट भएका खेलाडीलाई आगामी फागुन १ गतेबाट बन्द प्रशिक्षणमा राखिनेछ । तीमध्ये १४ खेलाडी खेलका लागि छानिनेछन् । ५२ जना सहभागी खेलाडीलाई चार समूहमा विभाजन गरी सुपरलिगको माध्यमबाट २४ खेलाडी छनोट गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

  एसियन गेम्स अन्तरगत मंगोलियाविरुद्धको खेलमा नेपालले २७३ रनको कीर्तिमानी जित हासिल गरेको

चीन गए क्रिकेटर सन्दीप लामिछाने

  क्रिकेटर सन्दीप लामिछाने एसियाली खेलकुद (एसियाड) का लागि चीनतर्फ लागेका छन् ।

सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

    क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दामा आज सुनुवाइ हुँदै छ

पाकिस्तानलाई हराउँदै श्रीलंका एसिया कपको फाइनलमा

      एसिया कप क्रिकेटको उपाधिका लागि भारत र श्रीलंका भिड्ने भएका