यती बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम



काठमाडौँ । ‘जोडौँ एक नाता खोली बैंकमा खाता’ यही मूलनाराका साथ यती डेभलपमेन्ट बैंकले भक्तपुरको ख्वप कलेज र तारकेश्वर नगरपालिकास्थित मनमैजु माध्यमिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता कार्यक्रमलाई निरन्तरता दिँदै जाने क्रममा, यती डेभलपमेण्ट बैंकले विभिन्न विद्यालय, कलेज, ग्रामीण क्षेत्रका विभिन्न महिला समूह, शिक्षाको पहुँच कम भएका क्षेत्रका युवा वर्गहरुलाई प्राथमिकतामा राखी यस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ र यस प्रकारको कार्यक्रमलाई निरन्तरता दिँदै लैजाने बैंकले जनाएको छ ।

कार्यक्रममा बैकिङ र बचतको महत्व, आस्वा प्रणाली, एटिएम कार्डको प्रयोग, मोबाइल बैकिङ तथा अनलाइन बैकिङको उपयोगिता तथा प्रयोग, जाली नोट चिन्ने प्रविधिबारे जानकारी गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी

    विशेषगरी उद्योगी एवम् व्यवसायीहरुले चासोका साथ हेरिएको मौद्रिक नीति भोलि शुक्रबार