स्थानीयलाई मैलुङ आयोजनाको साधारण सेयर



हाम्रो इकोनोमि

काठमाडौँ । रसुवामा आयोजनास्थल रहेको मैलुङ खोला जलविद्युत् कम्पनीले आयोजना प्रभावित क्षेत्रबासीका लागि साधारण सेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले सार्वजनिक गरेको सूचना अनुसार १०० रुपैयाँ दरका तीन लाख ६८ हजार १ सय ४४ कित्ता सेयर प्रभावित क्षेत्रका नागरिकलाई बिक्री गर्न लागेको जनाएको छ ।

कम्पनीले रसुवाको मैलुङ खोलामा पाँच मेगावाटको जलविद्युत् आयोजना निर्माण गरेको छ । आयोजनाले २०७१ सालदेखि व्यावसायिक उत्पादन सुरु गरे पनि ‘गोरखा भूकम्प’का कारण क्षति पुगेपछि उत्पादन रोकिएको थियो । पुनःमर्मत सम्भार गरेर गत भदौदेखि पुनःउत्पादन सुरु भएको छ ।

कम्पनीको चुक्ता पुँजी ३६ करोड ८१ लाख ४३ हजार छ । त्यसमा प्रवद्र्धकको ७० प्रतिशत हिस्सा छ । बाँकी २० प्रतिशत सर्वसाधारण र १० प्रतिशत प्रभावित क्षेत्रका बासिन्दालाई प्रदान गर्न लागिएको हो ।

सेयर भर्न चाहनेले रसुवास्थित जनता बैंक धुन्चे, प्रभु बैंक स्याफ्रुबँेसी, आइसिएफसी फाइनान्स कालिकास्थान, हिमालयन बैंक बेत्रावती र मैलुङ खोला जलविद्युत् कम्पनीको कार्यालय डाँडागाउँमा सेयर आवेदन दिन सकिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने सहमति

    नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने सहमति भएको छ...

कुलमानलाई बोलायो संसदीय समितिले

     ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास...

तत्काल निगमको डिपो स्थानान्तरण गर्न स्थानीयबासीको माग

    घनाबस्तीको बीचमा रहेको नेपाल आयल निगमको सुदूरपश्चिम प्रादेशिक डिपो तत्काल स्थानान्तरणको...

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल

    नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले पदभार ग्रहण गरेका...