स्थानीयलाई मैलुङ आयोजनाको साधारण सेयर



हाम्रो इकोनोमि

काठमाडौँ । रसुवामा आयोजनास्थल रहेको मैलुङ खोला जलविद्युत् कम्पनीले आयोजना प्रभावित क्षेत्रबासीका लागि साधारण सेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले सार्वजनिक गरेको सूचना अनुसार १०० रुपैयाँ दरका तीन लाख ६८ हजार १ सय ४४ कित्ता सेयर प्रभावित क्षेत्रका नागरिकलाई बिक्री गर्न लागेको जनाएको छ ।

कम्पनीले रसुवाको मैलुङ खोलामा पाँच मेगावाटको जलविद्युत् आयोजना निर्माण गरेको छ । आयोजनाले २०७१ सालदेखि व्यावसायिक उत्पादन सुरु गरे पनि ‘गोरखा भूकम्प’का कारण क्षति पुगेपछि उत्पादन रोकिएको थियो । पुनःमर्मत सम्भार गरेर गत भदौदेखि पुनःउत्पादन सुरु भएको छ ।

कम्पनीको चुक्ता पुँजी ३६ करोड ८१ लाख ४३ हजार छ । त्यसमा प्रवद्र्धकको ७० प्रतिशत हिस्सा छ । बाँकी २० प्रतिशत सर्वसाधारण र १० प्रतिशत प्रभावित क्षेत्रका बासिन्दालाई प्रदान गर्न लागिएको हो ।

सेयर भर्न चाहनेले रसुवास्थित जनता बैंक धुन्चे, प्रभु बैंक स्याफ्रुबँेसी, आइसिएफसी फाइनान्स कालिकास्थान, हिमालयन बैंक बेत्रावती र मैलुङ खोला जलविद्युत् कम्पनीको कार्यालय डाँडागाउँमा सेयर आवेदन दिन सकिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...

इरानको पावर प्लान्टमा आक्रमण गर्ने ट्रम्पको चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिएका छन् । उनले...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...