दृष्टिविहीन पुरुष क्रिकेटमा बागमती विजयी



हाम्रो इकोनोमि

काठमाडौँ । नवौं क्षेत्रीय दृष्टिविहीन पुरुष क्रिकेट प्रतियोगिताको उपाधि बागमतीले जितेको छ । बिहीबार भएको खेलमा बाँकेलाई पाँच विकेटले पराजित गर्दै बागमतीले तीन टोली सम्मिलित प्रतियोगिताको उपाधि जितेको हो ।

पुल्चोकस्थित इन्जिनियरिङ कलेजको मैदानमा टस हारी पहिले ब्याटिङको पाएको बाँकेले १९दशमल ५ ओभरमा सबै विकेट गुमाउँदै ८५ रनको योगफल तयार गरेको थियो । जवाफमा बागमतीले १२ दशमल ३ ओभरमा मात्र पाँच विकेट गुमाउँदै लक्ष्य भेट्टाएको थियो ।

बागमतीको जितमा रमेशबहादुर बानियाँ र भेषबहादुर रानाभाटले समान १८–१८ रनको योगदान दिए । त्यसअघि बागमतीका श्याम ढुंगाना एक्लैले पाँच विकेट लिएपछि बाँके सानो योगफलमा समेटिन पुगेको थियो । आनन्द पाण्डे र कुशल न्यौपानेले पनि एक–एक विकेट लिएका थिए । बाँकेका लागि दुर्गादत्त पौडेलले सर्वाधिक ३२ रनको योगदान दिए पनि अन्य टोलीलाई विजयी बनाउन सकेनन् । बाँकेका लीलबहादुर चौधरीले तीन तथा दुर्गादत्त र यामजंग विष्टले बागमतीको एक–एक विकेट लिएका थिए ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका श्याम ढुंगाना म्यान अफ दि सिरिज घोषित भए । उनले प्रतियोगिताभर आठ विकेट लिँदै १७ रन जोडेका थिए । कादुरी फाउन्डेसनको सहयोगमा सञ्चालित प्रतियोगितामा सहभागी तीनवटै टोलीलाई संघले प्रोत्साहनस्वरूप १०–१० हजार रुपैयाँ प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

    सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको ५० प्रतिशत निर्माण सम्पन्न

    चितवनको भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य...

इरानी फुटबल टोली अमेरिका पुग्यो

  अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति घोषणा भएकै समयमा इरानको राष्ट्रिय...

त्रिविको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

    त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको...