दृष्टिविहीन पुरुष क्रिकेटमा बागमती विजयी



काठमाडौँ । नवौं क्षेत्रीय दृष्टिविहीन पुरुष क्रिकेट प्रतियोगिताको उपाधि बागमतीले जितेको छ । बिहीबार भएको खेलमा बाँकेलाई पाँच विकेटले पराजित गर्दै बागमतीले तीन टोली सम्मिलित प्रतियोगिताको उपाधि जितेको हो ।

पुल्चोकस्थित इन्जिनियरिङ कलेजको मैदानमा टस हारी पहिले ब्याटिङको पाएको बाँकेले १९दशमल ५ ओभरमा सबै विकेट गुमाउँदै ८५ रनको योगफल तयार गरेको थियो । जवाफमा बागमतीले १२ दशमल ३ ओभरमा मात्र पाँच विकेट गुमाउँदै लक्ष्य भेट्टाएको थियो ।

बागमतीको जितमा रमेशबहादुर बानियाँ र भेषबहादुर रानाभाटले समान १८–१८ रनको योगदान दिए । त्यसअघि बागमतीका श्याम ढुंगाना एक्लैले पाँच विकेट लिएपछि बाँके सानो योगफलमा समेटिन पुगेको थियो । आनन्द पाण्डे र कुशल न्यौपानेले पनि एक–एक विकेट लिएका थिए । बाँकेका लागि दुर्गादत्त पौडेलले सर्वाधिक ३२ रनको योगदान दिए पनि अन्य टोलीलाई विजयी बनाउन सकेनन् । बाँकेका लीलबहादुर चौधरीले तीन तथा दुर्गादत्त र यामजंग विष्टले बागमतीको एक–एक विकेट लिएका थिए ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका श्याम ढुंगाना म्यान अफ दि सिरिज घोषित भए । उनले प्रतियोगिताभर आठ विकेट लिँदै १७ रन जोडेका थिए । कादुरी फाउन्डेसनको सहयोगमा सञ्चालित प्रतियोगितामा सहभागी तीनवटै टोलीलाई संघले प्रोत्साहनस्वरूप १०–१० हजार रुपैयाँ प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस
पेरिस ओलम्पिक २०२४ आजदेखि सुरु

    विश्व खेलकुदको महाकुम्भ ‘पेरिस ओलम्पिक २०२४’ आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको

क्रिकेटर सन्दीप लामिछानेको भिसा अन्योलमा

    क्रिकेटर सन्दीप लामिछानेको आज पनि भिसाको काम अघि नबढ्ने भएको छ

सन्दीपको भिसा खुलाउन परराष्ट्रले थाल्यो पहल

    क्रिकेटर सन्दीप लामिछाने अमेरिकाले भिसा नदिएपछि परराष्ट्र मन्त्रालयले कूटनीतिक पहल थालेको

सन्दीपलाई अमेरिका पठाउन भिसा प्रक्रिया सुरु

    नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुन