विदेशी जेलमा सड्दैछन् ३१८ नेपाली



हाम्रो इकोनोमि

काठमाडौँ । भारतबाहेक विभिन्न देशमा कम्तीमा ३ सय १८ नेपाली नागरिक विदेशी जेलमा छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत परराष्ट्र सल्लाहकार शाखाको अग्रसरतामा विश्वका विभिन्न देशको जेलमा रहेका आफ्ना नागरिकको खोजी सुरु गरिएपछि यो सङ्ख्यामा नेपाली नागरिक मृत्युदण्ड तथा जन्मकैदसहित विभिन्न सजाय पाएर जेलमा रहेको पाइएको हो ।

जेलमा रहेका नेपालीलाई हत्या, लागुऔषध प्रयोग तथा कारोबार, मानव तस्करी, चोरी, ठगी, बलात्कार, मादक पदार्थ उत्पादन, प्रयोग तथा बिक्रीजस्ता आरोप लागेको भेटिएको छ ।

नेपाली दूतावास रहेका र नरहे पनि प्रमाणीकरण हुने विश्वका विभिन्न ३२ वटा राष्ट्रमा उल्लिखित सङ्ख्यामा नेपाली नागरिक जेलमा भेटिएको प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकार शाखाका सदस्य सुशील ढुङ्गानाले जानकारी दिए ।

राससका अनुसार, जेलमा रहेका नागरिकमध्ये १७ लाई मृत्युदण्ड र ४३ जनालाई जन्मकैदको सजाय सुनाइएको छ भने २ सय ३९ लाई कम्तीमा एक महिनादेखि ५० वर्षसम्मको जेल सजाय तोकिएको छ ।

यस्तै, थप १४ जनालाई मृत्युदण्ड र तीन जनालाई जन्मकैद हुन सक्नेगरी ती देशमा मुद्दा चलाइएको छ । मलेसियामा विभिन्न घर फिर्ती केन्द्रमा सामान्य अभियोगमा थुनामा रहेका नागरिकको सङ्ख्या मात्रै करिब पाँचसयको हाराहारीमा रहेको छ । सामान्य अभियोगमा मध्यपूर्वका अन्य देशमा समेत नेपाली नागरिक थुनामा रहने गरेका छन् ।

सबैभन्दा बढी बन्दी साउदी अरेबिया, कुबेत र कतारमा रहेका छन् । मलेसियालगायत मध्यपूर्वका खाडी राष्ट्र र दक्षिण कोरिया, चीन, थाइल्यान्ड, पाकिस्तान, श्रीलङ्का, कम्बोडिया, सिङ्गापुरजस्ता देशमा नेपाली जेलमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...