अफगानिस्तानमा १५ तालिबान मारिए



हाम्रो इकोनोमि

काबुल । अफगानिस्तानको दक्षिणी प्रान्त उरुज्गानमा तालिबान आतङ्ककारी लुकेर बसेको स्थानमा लक्षित गरी अफगान हवाई सेनाले गरेको कारबाहीमा परी कम्तीमा १५ जना तालिबान आतङ्ककारी मारिएका छन् ।

अफगानिस्तानको रक्षा मन्त्रालयले शुक्रबार बिहान भएको सेनाको कारबहीका क्रममा ती तालिबान मारिएका जानकारी दिएको छ ।

अफगान राष्ट्रिय सैनिकको एडी–५३० हेलिकोप्टरले टिरिन कोटकोे प्रान्तीय राजधानी उरुज्गानको मिर आबाद इलाकामा बिहीबार गरेको हवाई आक्रमण ती आतङ्ककारी मारिएका बताइएको छ ।

अफगानिस्तानको राजधानी काबुलबाट ३७० किलोमीटर उत्तरमा पर्ने यस इलाकामा भएको सो आक्रमणमा परी पाँच वटा कार छ वटा मोटरसाइकल र चार वटा मेसिन गन ध्वस्त भएको जारी विज्ञप्तिमा जनाइएको छ ।

अफगान सुरक्षाबलले पछिल्ला दिनमा तालिबान आतङ्ककारी विरुद्ध देशभरी कारबाही सुरु गरेको छ । सोही स्थानमा गतहप्ता मात्र पनि यस्तै कारबाही भएको थियो र त्यसमा परी कैयौँ मारिएका छन् ।

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...