अफगानिस्तानमा १५ तालिबान मारिए



हाम्रो इकोनोमि

काबुल । अफगानिस्तानको दक्षिणी प्रान्त उरुज्गानमा तालिबान आतङ्ककारी लुकेर बसेको स्थानमा लक्षित गरी अफगान हवाई सेनाले गरेको कारबाहीमा परी कम्तीमा १५ जना तालिबान आतङ्ककारी मारिएका छन् ।

अफगानिस्तानको रक्षा मन्त्रालयले शुक्रबार बिहान भएको सेनाको कारबहीका क्रममा ती तालिबान मारिएका जानकारी दिएको छ ।

अफगान राष्ट्रिय सैनिकको एडी–५३० हेलिकोप्टरले टिरिन कोटकोे प्रान्तीय राजधानी उरुज्गानको मिर आबाद इलाकामा बिहीबार गरेको हवाई आक्रमण ती आतङ्ककारी मारिएका बताइएको छ ।

अफगानिस्तानको राजधानी काबुलबाट ३७० किलोमीटर उत्तरमा पर्ने यस इलाकामा भएको सो आक्रमणमा परी पाँच वटा कार छ वटा मोटरसाइकल र चार वटा मेसिन गन ध्वस्त भएको जारी विज्ञप्तिमा जनाइएको छ ।

अफगान सुरक्षाबलले पछिल्ला दिनमा तालिबान आतङ्ककारी विरुद्ध देशभरी कारबाही सुरु गरेको छ । सोही स्थानमा गतहप्ता मात्र पनि यस्तै कारबाही भएको थियो र त्यसमा परी कैयौँ मारिएका छन् ।

प्रतिक्रिया दिनुहोस
मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...

हङकङको एक हाउजिङमा आगलागी हुँदा ४४ जनाको मृत्यु

    हङकङको ताई पो जिल्लामा रहेको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४...