११ दिनदेखि विद्युत् सेवा अवरुद्ध



रत्ननगर (चितवन) । चितवन राष्ट्रिय निकुञ्जस्थित जमिनमुनि गाडिएको विद्युत्को तारमा देखिएको खराबी पत्ता लगाउन भारतबाट मेसिन ल्याइएको छ ।

तारमा खराबी पत्ता लगाउन नेपालको प्रविधिले नसकेपछि जमिनमुनिको खराबी पत्ता लगाउने मेसिन ९केवल फल्ट फाइन्डिङ मेसिन० भारतबाट ल्याइएको हो । आज चितवन आइपुगेको मेसिनलाई आजैदेखि प्रयोगमा ल्याइने छ ।

निकुञ्जभित्रको जमिनमुनि बिच्छ्याइएको तारको खराबीका कारण विगत ११ दिनदेखि दक्षिण चितवनको माडी नगरपालिका विद्युत्विहीन भएको छ । असार ५ देखि यहाँ विद्युत् सेवा अवरुद्ध भएको हो ।

“अन्डरग्राउन्डका तीनमध्ये एउटा केवलमा खराबी देखिएको छ, स्थानीय स्रोतसाधनबाट हेर्दा पत्ता लागेन, पत्ता लगाउने मेसिन नेपालमा नभएकाले भारतबाट मेसिन मगाइएको हो” – नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले भन्नुभयो । उक्त प्रविधि प्रयोग गर्न जान्ने विज्ञ प्रविधिज्ञ पनि सँगै आएका छन् ।

उहाँका अनुसार जमिनमुनि गाडिएको तारको माथि उक्त मेसिन हिँडाउँदा खराबी भएको ठाउँमा आवाज परिवर्तन भई बिग्रिएको सङ्केत दिन्छ । आजदेखि नै खराबी पत्ता लगाउन सुरु गरिने पौडेलले जानकारी दिनुभयो ।

भरतपुर वितरण केन्द्रका सुपरभाइजर र तथा माडी क्षेत्रका इन्चार्ज आनन्द कुँवर समस्या पत्ता लगाउन नसकिएपछि भारतबाट मेसिन मगाउन बाध्यता भएको बताउनुहुन्छ ।

गर्मीको समयमा विद्युत् नहँदा माडीवासीलाई साह्रै समस्या परेको स्थानीय श्रीप्रसाद दवाडी बताउनुहुन्छ । खम्बा गोडेको दशकौँपछि बल्लतल्ल गएको मङ्सिरदेखि यहाँ विद्युत् बाल्न सुरु भएको हो ।

विसं २०५७ सालमा माडीमा विद्युत् आपूर्तिका लागि काम गरिए पनि त्यो योजना असफल भएपछि २०६७ सालदेखि नयाँ परियोजना आएको थियो ।

भारतीय सैनिक कल्याणकारी कोष र विद्युत् प्राधिकरणको लगानीमा सञ्चालित भरतपुर–चनौली–माडी ३३ केभी प्रसारण तथा ग्रामीण विद्युतीकरण आयोजनाले २०७३ साल कात्तिकमा विद्युत् पु¥याएको थियो । अहिले माडीमा करिब चार हजार ग्राहक भइसकेका छन् भने ग्राहक सङ्ख्या बढ्दो छ ।

प्रतिक्रिया दिनुहोस
पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता

    सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिएको छ । आयल निगमले

‘गुगल’ले आज २५ औं वार्षिकोत्सव मनाउँदै

  ‘गुगल’ले आफ्नो सञ्चालनको २५ औं वार्षिकोत्सव मनाउँदैछ। गुगलले आज विशेष डुडलका साथ

नेपाल र चीनबीच १३ बुँदे सम्झौता

      नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी

मंसिरभित्र थप दुई पेट्रोलियम पाइनलाइनको बीटुबी

    नेपाल आयल निगमले थप दुई पेट्रोलियम पाइपलाइन निर्माण गर्न बिजिनेस टु