११ दिनदेखि विद्युत् सेवा अवरुद्ध



हाम्रो इकोनोमि

रत्ननगर (चितवन) । चितवन राष्ट्रिय निकुञ्जस्थित जमिनमुनि गाडिएको विद्युत्को तारमा देखिएको खराबी पत्ता लगाउन भारतबाट मेसिन ल्याइएको छ ।

तारमा खराबी पत्ता लगाउन नेपालको प्रविधिले नसकेपछि जमिनमुनिको खराबी पत्ता लगाउने मेसिन ९केवल फल्ट फाइन्डिङ मेसिन० भारतबाट ल्याइएको हो । आज चितवन आइपुगेको मेसिनलाई आजैदेखि प्रयोगमा ल्याइने छ ।

निकुञ्जभित्रको जमिनमुनि बिच्छ्याइएको तारको खराबीका कारण विगत ११ दिनदेखि दक्षिण चितवनको माडी नगरपालिका विद्युत्विहीन भएको छ । असार ५ देखि यहाँ विद्युत् सेवा अवरुद्ध भएको हो ।

“अन्डरग्राउन्डका तीनमध्ये एउटा केवलमा खराबी देखिएको छ, स्थानीय स्रोतसाधनबाट हेर्दा पत्ता लागेन, पत्ता लगाउने मेसिन नेपालमा नभएकाले भारतबाट मेसिन मगाइएको हो” – नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले भन्नुभयो । उक्त प्रविधि प्रयोग गर्न जान्ने विज्ञ प्रविधिज्ञ पनि सँगै आएका छन् ।

उहाँका अनुसार जमिनमुनि गाडिएको तारको माथि उक्त मेसिन हिँडाउँदा खराबी भएको ठाउँमा आवाज परिवर्तन भई बिग्रिएको सङ्केत दिन्छ । आजदेखि नै खराबी पत्ता लगाउन सुरु गरिने पौडेलले जानकारी दिनुभयो ।

भरतपुर वितरण केन्द्रका सुपरभाइजर र तथा माडी क्षेत्रका इन्चार्ज आनन्द कुँवर समस्या पत्ता लगाउन नसकिएपछि भारतबाट मेसिन मगाउन बाध्यता भएको बताउनुहुन्छ ।

गर्मीको समयमा विद्युत् नहँदा माडीवासीलाई साह्रै समस्या परेको स्थानीय श्रीप्रसाद दवाडी बताउनुहुन्छ । खम्बा गोडेको दशकौँपछि बल्लतल्ल गएको मङ्सिरदेखि यहाँ विद्युत् बाल्न सुरु भएको हो ।

विसं २०५७ सालमा माडीमा विद्युत् आपूर्तिका लागि काम गरिए पनि त्यो योजना असफल भएपछि २०६७ सालदेखि नयाँ परियोजना आएको थियो ।

भारतीय सैनिक कल्याणकारी कोष र विद्युत् प्राधिकरणको लगानीमा सञ्चालित भरतपुर–चनौली–माडी ३३ केभी प्रसारण तथा ग्रामीण विद्युतीकरण आयोजनाले २०७३ साल कात्तिकमा विद्युत् पु¥याएको थियो । अहिले माडीमा करिब चार हजार ग्राहक भइसकेका छन् भने ग्राहक सङ्ख्या बढ्दो छ ।

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति कार्यान्वयनको तयारीमा

    नेपालमा पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति शीघ्र कार्यान्वयनमा ल्याउने तयारी...

ग्यास अनावश्यक स्टक नगर्न निगमको अनुरोध

     नेपाल आयल निगमले खाना पकाउने ग्यास मागभन्दा बढी आपूर्ति भइरहेको भन्दै...

पेट्रोलमा इथानोल मिश्रण गर्ने तयारी, वार्षिक ६ अर्बभन्दा बढी रकम बचत हुने

      पेट्रोलको आयात प्रतिस्थापन गर्दै वातावरणमैत्री इन्धन वितरण गर्नका लागि सरकारले...