५५ लाखको लागतमा कभर्ड हल निर्माण हुने



पोखरा । खेलकुद क्षेत्रको विकासमा सहयोग पु¥याउने उद्देश्यले लेखनाथस्थित भण्डारढिकमा रु ५५ लाखको लागतमा बहुउद्देश्यीय कभर्ड हल निर्माण गरिने भएको छ ।

युवा तथा खेलकुद मन्त्रालयको आर्थिक सहयोग एवम् पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको पहल तथा स्थानीय आदर्श युवा क्लबको संरक्षणमा अन्तर्राष्ट्रिय मापदण्डस्तरको कभर्ड हल निर्माण गर्न लागिएको हो ।

सन् २०१९ मा नेपालमा हुने सार्कस्तरीय खेलकुद प्रतियोगितालाई मध्यनजर गर्दै सो स्थानमा ४५ मिटर लम्बाइ र ३० मिटर चौडाइको निर्माण हुने कभर्ड हलभित्र विभिन्न प्रकारका खेल खेल्ने सुविधा प्राप्त हुनेछ ।

पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले बिहीबार आयोजित एक कार्यक्रमबीच सो कभर्ड हलको शिलान्यास गर्नुभयो ।

सो अवसरमा उहाँले खेलकुद क्षेत्रको विकासमा भौतिक संरचनाको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।

आदर्श युवा क्लबका अध्यक्ष लक्ष्मी भण्डारीको अध्यक्षतामा भएको सो कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष तथा पोखरा लेखनाथ महानगरपालिका वडा नं २९ का वडाध्यक्ष चेतबहादुर गुरुङ र भवन निर्माण समितिका सदस्य सचिव सुभास खड्काले युवालाई खेलकुदतर्फ आकर्षण गर्नका लागि व्यवस्थित खेलमैदान आवश्यक पर्ने खाँचो औँल्याउनुभयो ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री ओली र फुटबलर रोबर्टो कार्लोसबीच भेट

    प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका विश्वचर्चित ब्राजिलियन फुटबलर

मिस एण्ड मि. आइडल सिजन २ को घोषणा

    स्पार्कल इन्टरटेन्मेन्टको आयोजना तथा सिइयो नितु कुमारी श्रेष्ठको नेतृत्वमा “मिस एण्ड

बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने

    बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने तयारी गरेको छ । बुढानिलकण्ठ

एमाले बागमतीमा पुराना जगाऊँ, नयाँ बढाऊँ अभियान

    नेकपा एमाले वाग्मती प्रदेश कमिटीको सचिवालय बैठक सोमबार सम्पन्न भएको छ