५५ लाखको लागतमा कभर्ड हल निर्माण हुने



हाम्रो इकोनोमि

पोखरा । खेलकुद क्षेत्रको विकासमा सहयोग पु¥याउने उद्देश्यले लेखनाथस्थित भण्डारढिकमा रु ५५ लाखको लागतमा बहुउद्देश्यीय कभर्ड हल निर्माण गरिने भएको छ ।

युवा तथा खेलकुद मन्त्रालयको आर्थिक सहयोग एवम् पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको पहल तथा स्थानीय आदर्श युवा क्लबको संरक्षणमा अन्तर्राष्ट्रिय मापदण्डस्तरको कभर्ड हल निर्माण गर्न लागिएको हो ।

सन् २०१९ मा नेपालमा हुने सार्कस्तरीय खेलकुद प्रतियोगितालाई मध्यनजर गर्दै सो स्थानमा ४५ मिटर लम्बाइ र ३० मिटर चौडाइको निर्माण हुने कभर्ड हलभित्र विभिन्न प्रकारका खेल खेल्ने सुविधा प्राप्त हुनेछ ।

पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले बिहीबार आयोजित एक कार्यक्रमबीच सो कभर्ड हलको शिलान्यास गर्नुभयो ।

सो अवसरमा उहाँले खेलकुद क्षेत्रको विकासमा भौतिक संरचनाको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।

आदर्श युवा क्लबका अध्यक्ष लक्ष्मी भण्डारीको अध्यक्षतामा भएको सो कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष तथा पोखरा लेखनाथ महानगरपालिका वडा नं २९ का वडाध्यक्ष चेतबहादुर गुरुङ र भवन निर्माण समितिका सदस्य सचिव सुभास खड्काले युवालाई खेलकुदतर्फ आकर्षण गर्नका लागि व्यवस्थित खेलमैदान आवश्यक पर्ने खाँचो औँल्याउनुभयो ।

प्रतिक्रिया दिनुहोस
त्रिविको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

    त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको...

सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव

    चितवनको सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव मनाइएको छ । महतोत्सवको अवसरमा...

प्रधानमन्त्री ओली र फुटबलर रोबर्टो कार्लोसबीच भेट

    प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका विश्वचर्चित ब्राजिलियन फुटबलर...

मिस एण्ड मि. आइडल सिजन २ को घोषणा

    स्पार्कल इन्टरटेन्मेन्टको आयोजना तथा सिइयो नितु कुमारी श्रेष्ठको नेतृत्वमा “मिस एण्ड...