पाटनमा काँग्रेस र रामपुरमा एमालेको समूह विजयी



हाम्रो इकोनोमि

काठमाण्डौं । बैतडीको पाटन नगरपालिकाको– ५ मा नेपाली काँग्रेसका फुनीसिंह बोहरा २७१ मत ल्याएर विजयी हुनुभएको छ ।

उहाँका प्रतिद्वन्द्वी एमालेका भरतसिंह ठगुन्नाले २५० मत ल्याउनुभयो । चार सदस्यमा भने एमालेका वसन्ती ठगुन्ना, द्रौेपती विक, नरेन्द्र चन्द र ललित ठगुन्ना विजयी हुनुभएको छ ।

तेस्तै पाल्पाको रामपुर नगरपालिका– १ र १० मा नेकपा एमालेको पूरै समूह विजयी भएको छ ।

वडा नं १ मा नेकपा एमालेका वडाअध्यक्षका उम्मेदवार मित्रलाल कँडेलले ७८५ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका कपिलबहादुर खाँणले ६२६ मत ल्याउनुभएको छ । सो वडाका वडासदस्यमा एमालेकै उम्मेदवार विजयी भएका छन् ।

त्यस्तै वडा नं १० मा पनि वडाध्यक्ष र सदस्यमा एमालेको पूरै समूह विजयी भएको छ । एमालेका वडाध्यक्षका उम्मेदवार लीलाबहादुर गाहाले एक हजार २१३ मत ल्याई विजयी हुनभएको छ भने उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका एकराज पाठकले ८४३ मत ल्याउनुभएको छ ।

रामपुर नगरपालिकाको वडा नं १० मा नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाबीच चुनावी तालमेल भएको थियो । बिहीबार साँझपखबाट मतगणना सुरु भएको रामपुर नगरपालिकामा– ८ वटा वडाको मतगणना बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

नवनिर्वाचित सांसदको शपथ ग्रहण चैत १२ गते

    नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २...