सुनसरीमा काँग्रेस अगाडि



हाम्रो इकोनोमि

इटहरी । सुनसरी जिल्लाको पछिल्लो मतगणनाको नजिताअनुसार १२ स्थानीय तहमध्ये धरान उपमहानरपालिका, इटहरी उपमहानगरपालिका तथा इनरुवा र बराह नगरपालिकामा नेपाली काङ्ग्रेसले अग्रता लिएको छ भने नेकपा (एमाले)ले दोस्रो स्थान हासिल गरिरहेको छ ।

सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिकामा नेकाका प्रमुख पदका उम्मेदवार रोहितकुमार प्रसाईंले ७६९ मतसहित अग्रता हासिल गरिरहनुभएको छ । यसैगरी, उपप्रमुख उम्मेदवार विमला ढकालले पनि ७८९ मत ल्याउनुभएको छ ।

चुनावी प्रतिस्पर्धामा नेकपा (एमाले)का प्रमुख पदका उम्मेदवार द्वारिकलाल चौधरीले ६३६ मत प्राप्त गर्नुभएको छ भने उपप्रमुख लक्ष्मी गौतमले ५९८ मत ल्याउनुभएको निर्वाचन अधिकृत भरतमणि रिजालले जानकारी दिनुभएको छ ।

त्यसैगरी, धरान उपमहानगरपालिकामा पछिल्लो मतगणनाको नतिजाअनुसार नेकाका उम्मेदवार तिलक राईले ५०० मत प्राप्त गर्नुभएको छ भने उपप्रमुखमा नेकाकै श्यामा रेग्मीले ४९५ मत प्राप्त गर्नुभएको छ । निकटतम प्रतिद्वन्द्वीका रुपमा रहनुभएका नेकपा (एमाले)का तारा सुब्बाले २७२ मत तथा उपप्रमुख मञ्जु भण्डारीले ३०३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत जयप्रसाद महतले जानकारी दिनुभएको छ ।

इनरुवा नगरपालिकामा नेकाका राजन मेहताले ७६८ र उपप्रमुखले ७१९ मत प्राप्त गर्नुभयो भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रमुखले ४३२ र उपप्रमुखले ३९४ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, बराह नगरपालिकामा नेकाका बाबुराम बिष्टले एक हजार ६८, उपप्रमुख पूजा धामीले पनि एक हजार ७७ मत ल्याई अग्रता लिनुभएको छ । बराह नगरपालिकामा नेकपा (एमाले)का निलम खनालले ८८८ र उपप्रमुखले ८७३ मत प्राप्त गरी पच्छ्याई रहनुभएको छ ।

भोक्राहा गाउँपालिकामा नेकपा (एमाले)का अध्यक्षले ५९८ र उपाध्यक्षले ५७८ मत ल्याई अग्रता कायम गर्नुभएको छ भने संघीय समाजवादी फोरमा नेपालका अध्यक्ष उम्मेदबारले ४७० र उपाध्यक्षले ३८८ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, देवानगन्ज गाउँपालिकामा नेपाल लोकतान्त्रिक फोरमका अध्यक्षले ४१५, उपाध्यक्षले ४१९ तथा नेकाका अध्यक्षले ४०६ र उपाध्यक्षले ३३६ मत प्राप्त गर्नुभएको छ भने यहाँ नेकपा (एमाले) अहिले तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...

संसद् पुनर्स्थापना नै लोकतन्त्र फर्काउने उपाय : राजन भट्टराई

    नेकपा (एमाले) का सचिव तथा काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधिसभा...

सरकार निर्वाचन सार्ने षडयन्त्रमा छ : एमाले

    नेकपा (एमाले) का उपाध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापाले...

निर्वाचनमा ३१ अर्ब खर्च हुने अनुमान

    प्रधानमन्त्री सुशीला कार्कीले यस पटकको निर्वाचनमा करिब ३१ अर्ब खर्च हुने...