रोल्पामा माओवादीलाइ टक्कर दिदै कांग्रेस ,एमाले एक वडामा विजयी



हाम्रो इकोनोमि

रोल्पामा हालसम्म २० वटा वडाको मतपरिणाम सार्वजनिक गरिएको छ । मतपरिणाम सार्वजनिक गरिएका वडामा नेकपा ९माओवादी०ले अग्रता लिएको छ भने नेपाली काँग्रेसले माओवादी केन्द्रलाई पछ्याउँदै गएको छ । यसैगरी नेकपा ९एमाले० तेस्रो स्थानमा देखिएको छ ।

परिणाम घोषित वडामध्ये नेकाले सातवटा वडा र नेकपा माओवादी केन्द्रले १२ वटा वडामा विजयी हासिल गरेको छ । नेकपा एमाले भने अहिलेसम्म एक वडामा मात्र सीमित रहेको छ । जसअनुसार नेकाले सुकीदह गाउँपालिका–१, रुन्टी गढी गाउँपालिका–२, ३ र ४, सुवर्णावती गाउँपालिका–१, लुङ्ग्री गाउँपालिका–१ र रोल्पा नगरपालिका–१० मा विजय हासिल गरेका छ ।

रोल्पा नगरपालिका–१० मा दुई मत हराएको भन्दै नेकपा ९माओवादी केन्द्र०ले पुनः मतदानको माग गरेको कारण परिणाम घोषणा गरिएको छैन । सो वडामा नेकाका उम्मेदवार मानबहादुर खत्रीले ७०८ मत प्राप्त गरेका छन् भने नेकपा ९माओवादी केन्द्र०का मतिलाल डाँगीले ६२२ मत प्राप्त गरेका छन् ।

यसैगरी, नेकपा ९माओवादी केन्द्र० विजयी भएका वडामा थवाङ गाउँपालिका–४ र ५, दुईखोली गाउँपालिका–१ र २, माडी गाउँपालिका–१ र २, रुन्टीगढी गाउँपालिका–१, सुकीदह गाउँपालिका–२, सुनछहरी गाउँपालिका–१, रोल्पा नगरपालिका–१, त्रिवेणी गाउँपालिका–१ र लुङ्ग्री गाउँपालिका–७ रहेका छन् । नेकपा ९एमाले०ले त्रिवेणी गाउँपालिका–२ मा विजय हासिल गरेको छ । परिणाम घोषणा गरिएका सम्पूर्ण वडामा एकल प्यानल विजयी भएको बताइएको छ ।

एक नगरपालिका र नौ गाउँपालिका रहेको रोल्पामा नेपाली काँग्रेस र नेकपा ९माओवादी केन्द्र० बीच नै तीव्र प्रतिस्पर्धा रहेको छ । नेकपा ९एमाले० जिल्लामा तेस्रो स्थानमा देखिएको छ ।

हाल सुवर्णावती, रुन्टीगढी र लुङ्ग्री गाउँपालिकामा नेका अगाडि छ भने रोल्पा नगरपालिका, थवाङ गाउँपालिका, सुनछहरी गाउँपालिका, दुईखोली गाउँपालिका र माडी गाउँपालिकामा नेकपा माओवादी केन्द्र अगाडि रहेको छ ।

नेकपा एमालेले सुकीदह गाउँपालिका र त्रिवेणी गाउँपालिकामा अग्रता लिएको छ । थवाङ गाउँपालिकामा नेका र स्वतन्त्र उम्मेदवारले तालमेल गरेका थिए भने माडी गाउँपालिकामा नेका र नेकपा ९एमाले०ले तालमेल गरेको भएपनि दुवै गाउँपालिकामा नेकपा ९माओवादी केन्द्र०ले अग्रता लिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...