आजै मात्र कांग्रेसले यति ठाउमा जित्यो



हाम्रो इकोनोमि

बैतडीको मेलौली नगरपालिका–१ को वडाध्यक्षमा नेपाली काँग्रेसका सुरतसिंह नेगी ६३० मतका साथ विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले)का शरदसिंह नेगीले २७१ मत प्राप्त गर्नुभयो ।

मेलौली–१ का सदस्यमा पनि नेकाकै उम्मेदवार विजयी भएका छन् । द्रोपती चन्द ४१८, द्रोपती दयाल ४४१, चिन्तासिंह बिष्ट ४४६ र शङ्करसिंह नायकले ४१८ मत ल्याएर विजयी हुनुभएको छ ।
स्थानीय तह निर्वाचनको प्राप्त मतगणनाको नतिजाअनुसार इलाम नगरपालिका–१२ मा नेपाली काँग्रेसका वडाध्यक्षसहित प्यानल नै विजयी भएको छ ।

सो वडाको मतगणनाको नतिजाअनुसार नेकाका वडाध्यक्षका उम्मेदवार लाखमान लिम्बूले ७२४ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेकपा (एमाले)का चक्रबहादुर लिङदमले ६७१ मत प्राप्त गर्नुभएको छ ।

सो वडाको महिला सदस्यमा नेकाकी प्रमिला लिम्बूले ७६६, दलित महिला सदस्यमा कुमारी लुहागुनले ७८६, खुल्ला सदस्यमा नरसिंह एक्तेन र भानुभक्त घिमिरेले क्रमशः ७४९ र ६९८ मत ल्याएर विजयी हुनुभएको छ ।

निस्दीको वडा नं १ र ७ मा काँग्रेस
रामपुर (पाल्पा), १६ असार । निस्दी गाउँपालिका–१ र ७ मा नेपाली काँग्रेसको पूरै प्यानल विजयी भएको छ । नेपाली काँग्रेस वडा नं १ मा नेकाका अध्यक्ष पदका उम्मेदवार पूर्णबहादुर खाँण सहितको पूरै प्यानल निर्वाचित भएको हो । निर्वाचित खाँणले ६६८ मत ल्याउनुभएको छ भने उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का टुकबहादुर सोतीले ४९३ मत ल्याउनुभएको छ ।

यस्तै, वडा नं ७ मा नेकाकै गगन सिं सोतीको पूरै प्यानल नै विजयी भएको छ । सोतीले ६७५ मत ल्याउनुभएको छ भने उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का अध्यक्षका उम्मेदवार भीमबहादुर थापाले ५९३ मत ल्याउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

नवनिर्वाचित सांसदको शपथ ग्रहण चैत १२ गते

    नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २...