पञ्चेश्वर बाट प्यानल सहित उदायो राप्रपा



हाम्रो इकोनोमि

बैतडी । पञ्चेश्वर गाउँपालिका–६ मा राष्ट्रिय प्रजातन्त्र पार्टी समूहसहित विजयी भएको छ ।
पञ्चेश्वर– ६ को वडाध्यक्षमा राप्रपाका रामसिंह पुजारा २५६ मतसहित विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका इन्द्र भण्डारीले १८४ मत प्राप्त गर्नुभयो । महिला सदस्यमा सरस्वती पन्त भण्डारी, दलित महिला सदस्यमा शकुन्तला औजी, खुला सदस्यमा गोविन्दसिंह भण्डारी र कृष्णसिंह भण्डारी मत प्राप्त गरी विजयी हुनुभएको छ ।

यस्तै दशरथचन्द नगरपालिकामा राप्रपाले अग्रता लिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार २०० मत गनिसक्दा नगरप्रमुखमा राप्रपाका पुष्करराज जोशी ‘लख्खाभाइ’ले ८८, नेपाली काँग्रेसका नरेन्द्रसिंह थापाले ५१, नेकपा (एमाले)का देवदत्त भट्टले ३३ र नेकपा (माओवादी केन्द्र)का खिमानन्द भट्टले १० मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा राप्रपाकी अम्बिकादेवी भण्डारीले ६४, काँग्रेसकी मीना चन्दले ५८, एमालेकी सरस्वती नेपालीले २४ र माओवादी केन्द्रकी कमला कार्कीले १२ मत प्राप्त गर्नुभएको छ

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...