सिटिजन्स बैंकको ६ लाख १९ हजार कित्ता सेयर आजबाट लिलामीमा



हाम्रो इकोनोमि

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले आज (बिहीबार) देखि ६ लाख १९ हजार ८०३ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको छ । सिटिजन्सले संस्थापक समूहको १ लाख ९९ हजार ३१३ कित्ता र सर्वसाधारण समूहको ४ लाख २० हजार ४९० कित्ता सेयरको लिलामी खुलाएको हो ।

लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी असार २१ गतेसम्ममा आवेदन दिइसक्नुपर्नेछ । नेप्सेमा सिटिजन्सको अन्तिम कारोबार मूल्य ३८० रुपैयाँ छ । यसको बिक्री प्रबन्धक सानिमा क्यापिटल हो । लगानीकर्ताले बिक्री प्रबन्धकको कार्यालय नारायणचौर नक्साल काठमामाडौं तथा सिटिजन्सको प्रधान कार्यालय नारायणहिटी पथ काठमाडौंमा पुग्नेगरी बोलपत्र फारम बुझाउनु पर्नेछ ।

राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउन प्रयासरत सिटिजन्सले चैत २४ देखि वैशाख २७ गतेसम्म १ करोड ३८ लाख ४३ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्दा नबिकेको सेयर अहिले लिलामीमा ल्याएको हो । सर्वसधारण र संस्थापक दुवै समूहको बोलपत्र असार २२ गते दिउँसो ३.३० बजे सानिमा क्यापिटल नारायणचौर नक्साल, काठमाडौंमा खोलिनेछ ।

प्रतिक्रिया दिनुहोस
नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

प्रभु बैँकका ग्राहकलाई ससः त्वामा १५ प्रतिशतसम्म छुट

    प्रभु बैँक लिमिटेड र कीर्तिपुर नगरपालिका–३ सागलस्थित ससः त्वा हस्पिटालिटी प्रालिबिच...

प्रभु बैंकले ३ करोडसम्म घर कर्जा दिने

    प्रभु बैंक लिमिटेडले घर तथा सवारी साधन खरिदका लागि नयाँ होम...

माछापुच्छ्रे बैंकको डिसिइओमा पाँडे

    माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ)मा कल्याणविक्रम पाँडे नियुक्त...