सिटिजन्स बैंकको ६ लाख १९ हजार कित्ता सेयर आजबाट लिलामीमा



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले आज (बिहीबार) देखि ६ लाख १९ हजार ८०३ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको छ । सिटिजन्सले संस्थापक समूहको १ लाख ९९ हजार ३१३ कित्ता र सर्वसाधारण समूहको ४ लाख २० हजार ४९० कित्ता सेयरको लिलामी खुलाएको हो ।

लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी असार २१ गतेसम्ममा आवेदन दिइसक्नुपर्नेछ । नेप्सेमा सिटिजन्सको अन्तिम कारोबार मूल्य ३८० रुपैयाँ छ । यसको बिक्री प्रबन्धक सानिमा क्यापिटल हो । लगानीकर्ताले बिक्री प्रबन्धकको कार्यालय नारायणचौर नक्साल काठमामाडौं तथा सिटिजन्सको प्रधान कार्यालय नारायणहिटी पथ काठमाडौंमा पुग्नेगरी बोलपत्र फारम बुझाउनु पर्नेछ ।

राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउन प्रयासरत सिटिजन्सले चैत २४ देखि वैशाख २७ गतेसम्म १ करोड ३८ लाख ४३ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्दा नबिकेको सेयर अहिले लिलामीमा ल्याएको हो । सर्वसधारण र संस्थापक दुवै समूहको बोलपत्र असार २२ गते दिउँसो ३.३० बजे सानिमा क्यापिटल नारायणचौर नक्साल, काठमाडौंमा खोलिनेछ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी

    विशेषगरी उद्योगी एवम् व्यवसायीहरुले चासोका साथ हेरिएको मौद्रिक नीति भोलि शुक्रबार