दोस्रो चरणको निर्वाचन परिणाम आउन शुरु एमालेको विजयी शुरुवात



हाम्रो इकोनोमि

पहिलो चरणको स्थानीय निकायको चुनावमा पहिलो बनेको नेकपा एकाले दोस्रो चरणको निर्वाचन परिणम आउन शुरु भएसंगै पहिलो चरणमाझै एमालेले विजयी शुरुवात गर्न थालेको छ । हिजो भएको निर्वाचनको जारि मत गणनामा  आज विहान ९ बजे सम्म एमालेले चार स्थानमा जित हासिल गरेको छ ।
वैतडीको पंचेश्वर गाँउपालिका १ मा एमालेका कर्ण चन्द वडाअध्यक्षमा ४९२ मत ल्याएर बिजय भएका छन् ।बाजुराको गहुमुल गाँउपालिकामा–६ एमालेका प्रकाश रोकाय २८८ मत ल्याएर वडाअध्यक्षमा विजय भएका छन् ।
बझाङको मस्टा गाउँपालिकाका दुई वडामा एमालले जित निकालेको छ । वडा नम्बर १ मा एमालेका राजेन्द्र खड्काको प्यानल बिजयी भएको छ । वडा नम्बर ७ मा पनि एमालेका बमबहादुर बोहोराको प्यानल विजय भएको छ ।

यसैगरी झापाको कमल गाउँपालिकामा पनि एमालेले अग्रता लिएको छ । एमालेकी मेनका काफ्लेले ८९ मतसहित अग्रता लिएकी छिन् ।

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...

ओली कुटीको राधिका शाक्यले गरिन् शिलान्यास

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको घर निर्माणको काम थालिएको छ...