नेप्से र कारोबार दुबै घट्यो



हाम्रो इकोनोमि

काठमाण्डौं ।  बुधबार नेप्से १.२८ अंकले घटेर १५६३.८१ विन्दुमा झरेको छ । कुल १४० कम्पनीको कारोबार भएको बजारमा ४९ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो ।

मंगलबारको तुलनामा कारोबार रकम १२ करोडले घटेको छ । यसदिन समग्र बजार पूँजीकरण १८ खर्ब ३२ अर्ब कायम भएको छ । अघिल्लो दिनको तुलनामा लगानीकर्ताको सम्पत्ति एक अर्बले घटेको छ ।

बुधबार कारोबारमा आएकामध्ये जलद्यिुत बैंकिङ र अन्य समुहको परिसुचक ओरालो लागेको छ । जलविद्युत समुह ७.५२, बैंकिङ ३.५३ र अन्य समुहको परिसुचक ३ अंकले ओरालो लागेको हो । होटल,बीमा,विकास बैंक र फाइनान्स समुहको परिसुचक भने क्रमशः २८.१४, १०.९१, ५ र २ अंकले उकालो लागेको छ ।

बुधबार हिमालयन जनरल इन्स्योरेन्सको सबैभन्दा बढी ४ करोड ९१ लाखको कारोबार भएको छ । नबिल बैंकको पनि संस्थापक र साधारणगरी चार करोड बढीको सेयर किनबेच भयो ।

यसदिन एभरेष्ट बैंकका संसथापक सेयरधनी र वल्र्ड मर्चेन्ट फाइनान्सका लगानीकर्ताले दश प्रतिशतकादरले कमाए । फरवार्ड वित्तीय संस्थाको पनि सेयरमूल्य आठ प्रतिशत बढीले उकालो लागेको छ ।

प्रतिक्रिया दिनुहोस
नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

प्रभु बैँकका ग्राहकलाई ससः त्वामा १५ प्रतिशतसम्म छुट

    प्रभु बैँक लिमिटेड र कीर्तिपुर नगरपालिका–३ सागलस्थित ससः त्वा हस्पिटालिटी प्रालिबिच...

प्रभु बैंकले ३ करोडसम्म घर कर्जा दिने

    प्रभु बैंक लिमिटेडले घर तथा सवारी साधन खरिदका लागि नयाँ होम...

माछापुच्छ्रे बैंकको डिसिइओमा पाँडे

    माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ)मा कल्याणविक्रम पाँडे नियुक्त...