नेप्से र कारोबार दुबै घट्यो



काठमाण्डौं ।  बुधबार नेप्से १.२८ अंकले घटेर १५६३.८१ विन्दुमा झरेको छ । कुल १४० कम्पनीको कारोबार भएको बजारमा ४९ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो ।

मंगलबारको तुलनामा कारोबार रकम १२ करोडले घटेको छ । यसदिन समग्र बजार पूँजीकरण १८ खर्ब ३२ अर्ब कायम भएको छ । अघिल्लो दिनको तुलनामा लगानीकर्ताको सम्पत्ति एक अर्बले घटेको छ ।

बुधबार कारोबारमा आएकामध्ये जलद्यिुत बैंकिङ र अन्य समुहको परिसुचक ओरालो लागेको छ । जलविद्युत समुह ७.५२, बैंकिङ ३.५३ र अन्य समुहको परिसुचक ३ अंकले ओरालो लागेको हो । होटल,बीमा,विकास बैंक र फाइनान्स समुहको परिसुचक भने क्रमशः २८.१४, १०.९१, ५ र २ अंकले उकालो लागेको छ ।

बुधबार हिमालयन जनरल इन्स्योरेन्सको सबैभन्दा बढी ४ करोड ९१ लाखको कारोबार भएको छ । नबिल बैंकको पनि संस्थापक र साधारणगरी चार करोड बढीको सेयर किनबेच भयो ।

यसदिन एभरेष्ट बैंकका संसथापक सेयरधनी र वल्र्ड मर्चेन्ट फाइनान्सका लगानीकर्ताले दश प्रतिशतकादरले कमाए । फरवार्ड वित्तीय संस्थाको पनि सेयरमूल्य आठ प्रतिशत बढीले उकालो लागेको छ ।

प्रतिक्रिया दिनुहोस
रविना थापाद्वारा एनआरएनएको अध्यक्षमा उम्मेदवारी घोषणा

  गैरआवासीय नेपाली सङ्घ (एनआरएनए आइसीसी) अध्यक्ष रविना थापाले सङ्घको आसन्न ११ औँ

चीनले नेपालीलाई रेलवे सम्बन्धी तालिम दिने

  चीन सरकार नेपालीलाई रेल सम्बन्धी तालिम दिन तयार भएको छ । प्रधानमन्त्री

नेपाल र चीनबीच १३ बुँदे सम्झौता

      नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी

दोहोरो अंकले बढ्यो सेयर बजार

    साताको पहिलो दिन आइतबार सेयर बजार १०.२३ अंकले बढेको छ ।