गुगललाई किन लगाइयो २.७ अर्ब डलर जरिवाना



हाम्रो इकोनोमि

काठमाण्डौं । युरोपियन युनियनले इन्टरनेट सर्च इन्जिन गुगललाई गलत ब्यापारिक अभ्यास गरेको मुद्दामा दोषी ठहर गर्दै २.७ अर्ब अमेरकी डलर जारिवाना गरेको छ।

कुनै कुरा गुगलमा खोजि गर्दा निष्पक्ष हुनुको साटो गुगलले आफ्नो ‘सपिङ कम्प्यारिजन सर्विस’ लाई गुगलमा खोजी नतिजाको शीर्ष स्थानमा प्रवर्धन गरेको आरोप गुगाललाई लागेको छ।

बजारलाई आफू अनुरुप ढाल्न गलत कार्य गरेको आरोपमा गुगलले पाएको यो जरिवाना अहिले सम्मकै सबैभन्दा ठूलो हो।

युरोपियन युनियनले गुगललाई आफ्नो बजार प्रतिष्पर्धा विरोधी नीतिलाई ९० दिन भित्र अन्त्य गर्न आदेश दिएको छ। यदि गुगलले अटेरी गरेमा उसलाई अझै सजाय दिने पनि युनियनले चेतावनी दिएको छ।

अब गुगलले आफूसँग जोडिएको ‘शपिंङ सर्विस’ उसले चलाउने तारिकामा ३ महिना भित्र परिवर्तन गरिसक्नुपर्ने छ। गुगलले अटेरी गरेमा उसको ‘शपिंङ सर्विस’ले संसारभरबाट दैनिक कमाएको ५ प्रतिशत रकम जरिवानाका रूपमा बुझाउनु पर्नेछ।

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...