विश्वकप कतारमा गर्ने निर्णय गर्दा भ्रष्टाचार भएको जर्मन मिडियाको दाबी



हाम्रो इकोनोमि

काठमाडौं । सन् २०२२ मा विश्वकप फुटबलको आयोजना कतार गर्न ठूलो भ्रष्टाचार भएको जर्मन मिडियाले दाबी गरेको छ ।
जर्मनीको बिल्ड समाचारपत्रको दाबी छ कि उसले फिफाका स्वतन्त्र न्यायिक जाँचकर्ता माइकल गार्सियाले २०१४ मा तयार पारेको प्रतिवेदन फेला पारेको छ । बिल्डले पाएको प्रतिवेदनमा फिफाका एक अधिकारीकी १० वर्षीया छोरीको खातामा २ मिलियन डलर ट्रान्सफर गरिएको विवरणसमेत सामेल छ ।

विश्वकपका लागि विडिङ प्रक्रियाबारेको प्रतिवेदन बिरोधका बीच हस्तान्तरण गरेपछि गार्सियाले २०१४ को डिसेम्बरमा फिफा छाडेका थिए । अमेरिकी वकिलले नेतृत्वको अभावको आरोप लगाउँदै फिफा छाडेको बताएका छन् र, उनले आफ्नो रिपोर्ट कानूनी प्रक्रिया पूरा गरी प्रकाशित गर्न अखबारलाई अनुमति दिएका छन् ।

प्रतिवेदनभित्रको ४२ पेजको संस्करणमा कतारलाई विश्वकप आयोजना गर्न दिने निर्णयमा भएको भ्रष्टाचारको फेहरिस्त प्रस्तुत गरिएको दाबी छ । विल्ड अखवारले भनेको छ कि मंगलबार गार्सियाको ४०३ पेज लामो पूरै प्रतिवेदन प्रकाशित गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

    सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको ५० प्रतिशत निर्माण सम्पन्न

    चितवनको भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य...

इरानी फुटबल टोली अमेरिका पुग्यो

  अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति घोषणा भएकै समयमा इरानको राष्ट्रिय...

त्रिविको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

    त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको...