विश्वकप कतारमा गर्ने निर्णय गर्दा भ्रष्टाचार भएको जर्मन मिडियाको दाबी



काठमाडौं । सन् २०२२ मा विश्वकप फुटबलको आयोजना कतार गर्न ठूलो भ्रष्टाचार भएको जर्मन मिडियाले दाबी गरेको छ ।
जर्मनीको बिल्ड समाचारपत्रको दाबी छ कि उसले फिफाका स्वतन्त्र न्यायिक जाँचकर्ता माइकल गार्सियाले २०१४ मा तयार पारेको प्रतिवेदन फेला पारेको छ । बिल्डले पाएको प्रतिवेदनमा फिफाका एक अधिकारीकी १० वर्षीया छोरीको खातामा २ मिलियन डलर ट्रान्सफर गरिएको विवरणसमेत सामेल छ ।

विश्वकपका लागि विडिङ प्रक्रियाबारेको प्रतिवेदन बिरोधका बीच हस्तान्तरण गरेपछि गार्सियाले २०१४ को डिसेम्बरमा फिफा छाडेका थिए । अमेरिकी वकिलले नेतृत्वको अभावको आरोप लगाउँदै फिफा छाडेको बताएका छन् र, उनले आफ्नो रिपोर्ट कानूनी प्रक्रिया पूरा गरी प्रकाशित गर्न अखबारलाई अनुमति दिएका छन् ।

प्रतिवेदनभित्रको ४२ पेजको संस्करणमा कतारलाई विश्वकप आयोजना गर्न दिने निर्णयमा भएको भ्रष्टाचारको फेहरिस्त प्रस्तुत गरिएको दाबी छ । विल्ड अखवारले भनेको छ कि मंगलबार गार्सियाको ४०३ पेज लामो पूरै प्रतिवेदन प्रकाशित गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस
पेरिस ओलम्पिक २०२४ आजदेखि सुरु

    विश्व खेलकुदको महाकुम्भ ‘पेरिस ओलम्पिक २०२४’ आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको

क्रिकेटर सन्दीप लामिछानेको भिसा अन्योलमा

    क्रिकेटर सन्दीप लामिछानेको आज पनि भिसाको काम अघि नबढ्ने भएको छ

सन्दीपको भिसा खुलाउन परराष्ट्रले थाल्यो पहल

    क्रिकेटर सन्दीप लामिछाने अमेरिकाले भिसा नदिएपछि परराष्ट्र मन्त्रालयले कूटनीतिक पहल थालेको

सन्दीपलाई अमेरिका पठाउन भिसा प्रक्रिया सुरु

    नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुन