एमालेका नेताले कहाँ कहाँबाट मतदान गरे



हाम्रो इकोनोमि

काठमाडौँ ।  दोस्रो चरणको स्थानीय निर्वाचन  १, ५ र ७ मा मतदान जारी छ । निर्वाचन आयोगका अनुसार मतदान विहान ७ बजेदेखि बेलुका ५ बजेसम्म जारी रहने छ  ।

आज विहान सुरु भएको निर्वाचनमा बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले गृहजिल्ला इलामको सुर्योदय नगरपालिका– ९ स्थित राष्ट्रिय निमावि रम्फोकमा मतदान गरेका छन् । उपाध्यक्ष वामदेव गौतमले बर्दिया जिल्लाको बाँसगढी नगरपालिका– ८ मा रहेको त्रिभुवन उच्च मावि मतदान केन्द्रमा मतदान गरे ।

उपाध्यक्ष तथा सात नम्बर प्रदेश संयोजक भीम रावलले अछाम जिल्लाको साफेबगर नगरपालिका– ६ स्थित चन्द्रोदय आधारभूत विद्यालय रिठागाउँ केन्द्रमा मतदान गरेका छन् । एमालेका उपमहासचिव तथा पाँच नम्बर प्रदेश संयोजक विष्णु पौडेलले बुटवल उपमहानगरपालिका– ८ स्थित पश्चिमाञ्चल डिभिजन सडक कार्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेका छन् भने अर्का उपमहासचिव घनश्याम भुसाल तिलोत्तममा नगरपालिका– ९ मणिग्रामस्थित गौतम बुद्ध शिशु सदन आधारभूत विद्यालयमा मतदान गरेका छन् ।

पार्टी सचिव प्रदीप ज्ञवालीले गुल्मीको रुरु गाउँपालिका– ४ स्थित बम्घा निमावि भवनमा मतदान गरेका छन् भने अर्का सचिव गोकर्ण विष्टले गुल्मीकै इश्मा गाउँपालिका– ४ स्थित रामराज्य माविमा रहेको केन्द्रमा मतदान गरेका छन् ।
सचिव तथा प्रदेश नम्बर १ का संयोजक भीम आचार्यले सुनसरीको इनरुवा नगरपालिका– ६ स्थित जनता मावि मधेशामा रहेको मतदान केन्द्रमा मतदान गरेका छन् ।

पूर्वसभामुख तथा स्थायी समिती सदस्य सुवासचन्द्र नेम्वाङले इलामको इलाम नगरपालिका– ७ स्थित बालमन्दिर आधारभूत विद्यालय, हाकिमटोलमा मतदान गरे। पार्टी स्थायी समिती सदस्य शंकर पोखरेल दाङको तुल्सीपुर उपमहानगरपालिका– १९ स्थित जनता विद्यापीठ, बिजौरीमा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन् । स्थायी समिती सदस्य छविलाल विश्वकर्माले वुटवल उपमहानागर– ११ स्थित वाणिज्य क्याम्पस, देवीनगरमा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

नवनिर्वाचित सांसदको शपथ ग्रहण चैत १२ गते

    नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २...