शीर्षनेताहरु कहाँ कहाँबाट गर्दैछन् मतदान



हाम्रो इकोनोमि

काठमाडौं । स्थानीय तहदोस्रो चरणको निर्वाचन भोली हुँदैछ । यस निर्वाचनमा सर्वसाधारण जनता मात्रै नभई पार्टीका शीर्ष नेताहरुले पनि विभिन्न मतदान केन्द्रबाट मतदान गर्दैछन् ।

एमाले वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले गृह जिल्ला इलाममा मतदान गर्दैछन् । उनले सूर्योदय नगरपालिका–९ को राष्ट्रिय निमाविमा रहेको मतदान केन्द्रबाट मतदान गर्नेछन् । निर्वाचनका लागि  प्रधानमन्त्री शेरबहादुर देउवाले गृह जिल्ला डडेल्धुरा पुगेका छन् । उनले गन्यापधुरा गाउँपालिका–१, असिग्राम उमावि मतदान केन्द्रबाट मतदान गर्नेछन् ।

सभामुख ओनसरी घर्तीले गृह जिल्ला रोल्पाको लिवाङ–७ मा भोट हाल्नेछन् । । उनको बालोदय माध्यमिक विद्यालय मतदान गर्ने केन्द्र हो । उपराष्ट्रपति नन्दबहादुर पुनले पनि रोल्पाको खोलीगाउँपालिका–२ मतदान गर्दैछन्। कांग्रेस नेता कृष्ण सिटौलाले झापाको भद्रपुर–१० स्थित कबलगुडी प्राविमा रहेको मतदान केन्द्रबाट र एमाले उपाध्यक्ष वामदेव गौतमले बर्दियाको बाँसुगढी–८ को त्रिभुवन उमाविबाट मतदान गर्दैछन् । पूर्व सभामुख सुवास नेम्बाङले इलाम र उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले रोल्पाको लिवाङ नगरपालिका–१ बाट मतदान गर्ने छन् ।

 

प्रतिक्रिया दिनुहोस
नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...