एमालेलाई बम हान्दा रमाउने,राजदुतले चुनाबी प्रचार गर्दा किन नसमाउने ?



हाम्रो इकोनोमि

काठमाण्डौँ। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गराउने दायित्व पूरा गर्न सरकारलाई चेतावनी दिएका छन् ।

अध्यक्ष ओलीले आफ्नो पार्टीले आयोजना गरेका चुनावी कार्यक्रममा वम विष्फोट गराउने काम भइरहँदा समेत सरकार मौन रहेको उल्लेख गर्दैै आपत्ति पनि जनाए । प्रेस चौतारी, नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको चौतारी–संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले चुनावी कार्यक्रममै बम विष्फोट गराउने जस्ता अपराध कर्म गर्दा समेत सरकार मौन रहनु देश र जनताका लागि दुःखदायी घटना भएको पनि उल्लेख गरे ।

आईतबार ओली सहभागी बुटवलको चुनावी सभास्थल नजिकै बम राखिएको थियो । अध्यक्ष ओलीले सरकार सद्दाम हुसेन भन्दा पनि क्रूर ढंगले अघि बढेको आरोप पनि लगाए । उनले स्थानीय तह दोस्रो चरणको निर्वाचनलाई शान्तिपूर्ण ढंगले सम्पन्न गर्ने दायित्व पुरा गर्न निर्वाचन आयोगसँग आग्रह गरे ।

अध्यक्ष ओलीले भारतका लागि नेपाली राजदुत दीपकुमार उपाध्याय कपिलबस्तुको चुनावी कार्यक्रममा सहभागी भएको भन्दै आपत्ति जनाए । उनले राजदुत जस्तो गरिमामय पदमा रहेर चुनावी कार्यक्रममा भाग लिन नसुहाउने टिप्पणी गरे । अध्यक्ष ओलीले राजनीति गर्ने भए उम्मेदवार बनेर आउन पनि राजदुत उपाध्यायलाई चेतावनी दिएका थिए ।

एमाले अध्यक्ष ओलीले आफना पार्टीका कार्यकर्तामाथि आक्रमण हुँदा समेत झडप भनेर समाचार सम्प्रेषण हुने गरेकोतर्फ संचारकर्मीहरुको पनि ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...