पूर्व मन्त्रीले पैसा बाडेको प्रचार भए पछि हङ्गामा,आयोगमा पर्यो उजुरी



हाम्रो इकोनोमि

काठमाडौँ / पूर्व उद्योगमन्त्री तथा पाल्पा क्षेत्र नम्बर २ का सांसद सोमप्रसाद पाण्डेविरुद्ध पाल्पाको बगनासकाली गाउँपालिकामा नेपाली कांग्रेसका अयक्षका उम्मेदवार कृष्णप्रसाद बस्यालका सहोदर भाइ सुकदेव बस्यालले ‘सांसदले रातारात पैसा बाँडेको’ आरोप लगाउँदै स्टाटस लेखे पछि हंगाम्मा मच्चिएको छ।
बस्यालले स्टाटस लेखेपछि सांसद पाण्डेका स्वकीय सचिव पदम गैरेले मुख्य निर्वाचन अधिकृतको कार्यालय पाल्पामा ‘निजले सार्वजनिक अपराध गरेकोले कारवाही गरीपाउँ’ भनी निवेदन दर्ता गराएका थिए। स्टाटस लेख्ने बस्यालले तत्काल लेखिएको सबै कुरा हटाउने प्रतिबद्धता जनाएका पाल्पाका मुख्य निर्वाचन अधिकृत भरतमणि खनालले जानकारी दिए।बगनासकाली गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा माअोवादी केन्द्रबीच चुनावी तालमेल छ।

निर्वाचन कार्यालयमा निवेदन परेसँगै कार्यालयले बस्याललाई यथार्थबारे जानकारी गराउन ध्यानाकर्षण गराएको थियो।
स्टाटस लेख्ने बस्यालले तत्काल लेखिएको सबै कुरा हटाउने प्रतिबद्धता जनाएका पाल्पाका मुख्य निर्वाचन अधिकृत भरतमणि खनालले जानकारी दिए।

‘उहाँ (बस्याल) ले तत्कालै लेखिएको स्टाटस हटाइ माफी मागेपछि तत्कालका लागि यो विषय हाम्रो तर्फबाट टुंगिएको छ,’ खनालले भने।
आफूहरुको मुख्य जिम्मेवारी निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गराउने भएकोले त्यसका लागि वातावरण बनाउन यो विषय थप अगाडि नबढाइएको पाल्पाका मुख्य निर्वाचन अधिकृत खनालले जानकारी दिए।

‘लेखिएको सबै कुरा हटाइसकेपछि र माफी मागीसकेपछि तत्काल यो विषय अगाडि बढाइँदैन’ उनले भने ‘सांसद्ज्यूले चाहेमा यो विषयलाई अदातलमार्फत साईबर क्राइम अन्तर्गत मुद्दा चलाउन सक्नुहुन्छ, त्यो उहाँको विषय हो।’

प्रतिक्रिया दिनुहोस
नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...