कांग्रेसको समाजवाद बिपीसँगै सकियोः पाण्डे



 पाल्पा । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले एमाले आर्थिक समृद्धिको बाटोतर्फ उन्मुख हुँदै समाजवादतर्फ अघि बढ्न चाहेको बताउनुभएको छ ।

पाल्पाको रामपुरमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । ‘बिपीले कांग्रेस सरकारमा गयो भने एउटा किसानलाई सम्झना गर्न र छेउको गोठमा एउटा गाई भएको सम्झ भनेका तर अहिले कांग्रेसले बिपीको उपदेशलाई कुनै माध्यमबाट लागू गरेको छैन,’ पाण्डेले भन्नुभयो, ‘धेरैपटक यो देशमा कांग्रेसीहरु मन्त्री भए ।

डा. रामशरण महत मन्त्री भए, जब उनी मन्त्री भए त्यो बेला जनतालाई दिने सबै सेवा सुविधा कटौटी भए, किसानलाई दिएको राहत कटौटी गरिदिए ।’ पाण्डेले मजदुरले पाउने राहत पनि कटौटी गरिएको आरोप लगाउनु भयो । ‘म अर्थमन्त्री हुँदा फेरि शुरु गरेँ,’ पाण्डेले भन्नुभयो, ‘अहिले धेरै ठाउँमा किसानलाई अनुदान दिइएको छ । कृषि लगायत अन्य धेरै क्षेत्रमा अनुदान उपलब्ध छ ।’ ‘यो सबै नेकपा एमालेले गरेको हो, यसले अझै पुग्दैन भनेर बढाउने काममा एमाले लाग्नेछ,’ उहाँले थप्नुभयो, ‘एमालेले अझै धेरै राहतका कार्यक्रम ल्याएर छिमेकी देशको किसानको तुलनामा सक्षम बनाउने योजना लिएको छ ।’ ‘कांग्रेसले त्यो काम गर्दैन ।कांग्रेसको समाजवाद चुनावमा मात्र सीमित छ,’ पाण्डेले भन्नुभयो, ‘काँग्रेसको समाजवाद बिपीसँगै मरेर गइसक्यो ।’

 

प्रतिक्रिया दिनुहोस
माओवादी तत्काल सरकारमा नजाने

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारमा रहेका पार्टीका प्रमुखसहित

लागू औषध नियन्त्रणका लागि सांसद तामाङको सरकारलाई कडा नीति अपनाउने आग्रह

    प्रतिनिधिसभा सदस्य तारा लामा तामाङले नेपालमा लागू औषध दुर्व्यसन बढ्दै गएको

यौन व्यवसायलाई कानुनी मान्यता दिनुपर्ने घिमिरेको अभिव्यक्तिप्रति आपत्ति

    नेकपा (माओवादी केन्द्र) की सांसद दुर्गा राईले नेपाली कांग्रेसका प्रमुख सचेतक

राजस्वले साधारण खर्च धान्नसमेत धौधौ परिरहेको छ : अर्थमन्त्री पौडेल

     उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशको राजस्व संकलनले साधारण खर्चसमेत धान्न