४६ सालको आन्दोनलनमा देउवा लण्डनको कुन गल्लीमा हल्लिँदै थिए



हाम्रो इकोनोमि

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पहाड र तराईबीच विभाजन गराउने षड्यन्त्र चिर्न एमालेलाई विजयी गराउन आव्हान गर्नुभएको छ ।

बुटवल उपमहानगरपालिकाको ट्राफिक चोकमा आयोजित विशाल चुनावी सभामा सम्बोधन गर्दै उहाँले आफ्नो नेतृत्वको सरकारलाई हठात् परिवर्तन गरेर वर्तमान सत्ता गठबन्धनले प्रदेश नं. ५ को तराई र पहाडलाई टुक्राउने गरी संविधान संशोधन प्रस्ताव ल्याए पनि एमालेको प्रतिकारका कारण त्यो प्रस्ताव स्थगन भएको बताउनुभयो । सम्बोधनको सुरुमै उपमहानगरपालिकाका एमालेका मेयरका उम्मेदवार शिवराज सुवेदी र उपमेयर गोमा आचार्यलाई मञ्चमा माला लगाइदिँदै अध्यक्ष ओलीले भन्नुभयो, ‘यो विजयको माला हो, अब प्रक्रिया पूरा गर्न मात्र बाँकी छ । यो माला कसैले फुकाल्न सक्दैन ।’ काँग्रेस र माओवादीले सत्ताको दुरुपयोग गरेर सिङ्गो बुटवलको भविष्य डुबाइ दिनसक्नेतर्फ भने सचेत रहन अध्यक्ष ओलीले आग्रह गर्नुभयो ।

एमालेका उपमहासचिव विष्णु पौडेल र घनश्याम भूषाललगायतका नेता सहभागी सभामा उहाँले प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई आफूले ‘२०४६ सालको आन्दोलनका बेला लण्डनका कुन गल्लीमा हल्लिँदै हुनुहुन्थ्यो,अहिले धाक लगाउने ?’ भनी सोध्दा देउवा रिसाए पनि यथार्थ भने त्यही हो भन्नुभयो । उहाँले प्रश्न गर्नुुभयो, ‘नेपाली काँग्रेसमा लोकतन्त्र र गणतन्त्रका लागि १४ वर्ष जेल बसेको नेता कोही छ ?’ पूर्व पश्चिम विद्युतीय रेल निर्माण, ट्रान्समिसन लाइनको विस्तार, चार लेनको मध्यपहाडी राजमार्ग, हरेक प्रदेशका विश्वविद्यलाय, मेडिकल कलेज, अस्पताल र प्राविधिक कलेजका साथै रङ्गशालाको निर्माण एवं कला साहित्यको विकासका लागि एमालेको विशेष योजना रहेको वताउँदै अध्यक्ष ओलीले नेकपा (एमाले) मुलुकको विकासका लागि समर्पित छ भन्नुभयो ।

एमालेले विराटनगर, बुटवल, जनकपुर र वीरगञ्जलाई महानगरपालिका घोषणा गर्न आग्रह गरे पनि सरकारले अन्य ठाउँमा चुनाव हार्ने डरले विरानगरलाई मात्र महानगर घोषणा गरेकोमा आक्रोश व्यक्त गर्दै ओलीले एमालेले निर्वाचन जितेपछि ती बाँकी स्थानलाई पनि महानगर घोषणा गर्ने उद्घोष गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...

ओली कुटीको राधिका शाक्यले गरिन् शिलान्यास

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको घर निर्माणको काम थालिएको छ...