नेप्से ८.२३ अंकले बढ्यो, ७३ करोड ९४ लाख रुपैयाँको सेयर किनबेच



काठमाण्डौं । साताको पहिलो दिन सेयर बजार ८.२३ अंकले बढेको छ भने ७३ करोड ९४ लाख रुपैयाँको सेयर किनबेच भएको छ। बीमा समूह ८.६९ अंकले घटेको छ भने बाँकी सबै समूह बढेका छन् । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, उत्पादनमूलक र अन्य क्रमशः १२.५६, ११.०४, ४.४३, १.८३, २.७, ८.४६ र ०.८७ अंकले बढेका छन् ।

दिनभरीमा १४८ कम्पनीका १५ लाख ८५ हजार कित्ता शेयर किनबेच भएका छन्। प्रभु बैंकको संस्थापक शेयर १२ करोड रुपैयाँ बराबरको किनबेच हुँदा समग्र कारोबार रकम उक्लिएको हो। लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनको पाँच करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

रिलायन्स फाइनान्सका शेयरधनीले सबैभन्दा बढी साढे ८ प्रतिशतले सम्पति बढाएका छन्। बढि गुमाउनेमा वर्ल्ड मर्चेन्ट बैंकका शेयरधनी छन्। कम्पनीको सेयर मूल्य करिव १० प्रतिशतले झरेको छ।

प्रतिक्रिया दिनुहोस
सुर्य रेमिट १६ औँ बर्षमा प्रवेश

  सुर्य रेमिटले १५औँ बार्षिक उत्सव मनाएको छ । रेमिटले बिभिन्न आरोह अबरोह

बबरमहलमा फुटेको पाइप मर्मत काम सकियो

  काठमाडौंको बबरमहलमा बुधबार दिउँसो विद्युत् प्राधिकरणले भूमिगत विद्युतीकरणको काम गर्ने क्रममा फुटेको

अर्थमन्त्रीले हटाए भन्सार र राजश्वका महानिर्देशक

  राजश्व प्रशासनका मुख्य दुई निकाय आन्तरिक राजश्व विभाग र भन्सार विभाग नेतृत्वविहीन

सुनको भाउ घट्यो

  नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २ हजार ७०० रुपैयाँ घटेको छ