१ करोड लागतमा कभर्डहल शिलान्यास



काठमाण्डौं । चाँगुनारायण नगरपालिका–४, साँगदहमा अन्तर्राष्ट्रियस्तरको खेलकुद कभर्डहल निर्माण हुने भएको छ । सांसद प्रेम सुवालले शनिबार वैदिक विधिअनुसार जग पूजा गरी हल शिलान्यास गरे ।

निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषको बजेटबाट १ करोड रुपैयाँबराबरको लागतमा हल निर्माण हुन लागेको हो । बढीमा २ वर्ष लगाएर निर्माण कार्य सम्पन्न हुने हल निर्माण उपभोक्ता समितिका अध्यक्ष श्रीहरि कुइँकेलले बताए । स्थानीय युवाको चाहनाअनुसार अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता गर्न मिल्ने गरी कभर्डहल निर्माण हुने कुइँकेलले जानकारी गराए ।

अन्तर्राष्ट्रिय ब्याडमिन्टन अम्पायर दीपक थापाले सरकारीस्तरबाट बन्न नसकेको हल स्थानीय प्रयासबाट बन्न लाग्नु प्रशंसनीय भएको बताए । उनले हल बनिसकेपछि अन्तर्राष्ट्रिय टोलीहरूको क्याम्प राखी सुविधा दिनसक्दा आयआर्जन हुने अपेक्षा राखे ।

प्रतिक्रिया दिनुहोस
मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

  एसियन गेम्स अन्तरगत मंगोलियाविरुद्धको खेलमा नेपालले २७३ रनको कीर्तिमानी जित हासिल गरेको

चीन गए क्रिकेटर सन्दीप लामिछाने

  क्रिकेटर सन्दीप लामिछाने एसियाली खेलकुद (एसियाड) का लागि चीनतर्फ लागेका छन् ।

सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

    क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दामा आज सुनुवाइ हुँदै छ

पाकिस्तानलाई हराउँदै श्रीलंका एसिया कपको फाइनलमा

      एसिया कप क्रिकेटको उपाधिका लागि भारत र श्रीलंका भिड्ने भएका