१ करोड लागतमा कभर्डहल शिलान्यास



हाम्रो इकोनोमि

काठमाण्डौं । चाँगुनारायण नगरपालिका–४, साँगदहमा अन्तर्राष्ट्रियस्तरको खेलकुद कभर्डहल निर्माण हुने भएको छ । सांसद प्रेम सुवालले शनिबार वैदिक विधिअनुसार जग पूजा गरी हल शिलान्यास गरे ।

निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषको बजेटबाट १ करोड रुपैयाँबराबरको लागतमा हल निर्माण हुन लागेको हो । बढीमा २ वर्ष लगाएर निर्माण कार्य सम्पन्न हुने हल निर्माण उपभोक्ता समितिका अध्यक्ष श्रीहरि कुइँकेलले बताए । स्थानीय युवाको चाहनाअनुसार अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता गर्न मिल्ने गरी कभर्डहल निर्माण हुने कुइँकेलले जानकारी गराए ।

अन्तर्राष्ट्रिय ब्याडमिन्टन अम्पायर दीपक थापाले सरकारीस्तरबाट बन्न नसकेको हल स्थानीय प्रयासबाट बन्न लाग्नु प्रशंसनीय भएको बताए । उनले हल बनिसकेपछि अन्तर्राष्ट्रिय टोलीहरूको क्याम्प राखी सुविधा दिनसक्दा आयआर्जन हुने अपेक्षा राखे ।

प्रतिक्रिया दिनुहोस
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

    सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको ५० प्रतिशत निर्माण सम्पन्न

    चितवनको भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य...

इरानी फुटबल टोली अमेरिका पुग्यो

  अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति घोषणा भएकै समयमा इरानको राष्ट्रिय...

त्रिविको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

    त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको...