आचारसंहिता उल्लंघन गर्दै प्रधानमन्त्री



हाम्रो इकोनोमि

डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सत्ता शक्तिको व्यापक दुरुपयोग गरेको भन्दै नेकपा ९एमाले० डडेल्धुराले त्यसको प्रतिरोधका लागि आफ्ना कार्यकर्ता परिचालन गरेको छ ।

केहीदिन अघि नै गृह जिल्लामा आएका प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति देउवाले गाउँका सोझा र स्वतन्त्र मतदातालाई प्रभावित पार्नको लागि आर्थिक चलखेल गरेको एमाले जिल्ला कमिटीले ठहर गरेको छ । देउवा निकटका रघुवर भट्ट र गोविन्द बोहराले पैसाको बोरा नै बोक्न लगाएर काँग्रेसका कार्यकर्ता र भाडाका मान्छे खटाउन थालेको आशङ्कामा एमालेले त्यस्तो अवैध र निर्वाचन आचारसंहिताविरोधी काम गर्नेलाई तत्काल नियन्त्रणमा लिई निर्वाचन आयोगमा बुझाउन परिपत्र गरिएको एमालेका जिल्ला उपाध्यक्ष वीरेन्द्र बस्नेतले बताउनुभयो ।

प्रधानमन्त्रीका साथ प्रमुख जिल्ला अधिकारी, सेना, प्रहरी र सरकारका अन्य निकायका कर्मचारी पछि लाग्ने र सरकारी ओहोदाको दुरुपयोग भएको एमालेले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

नवनिर्वाचित सांसदको शपथ ग्रहण चैत १२ गते

    नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २...