आचारसंहिता उल्लंघन गर्दै प्रधानमन्त्री



हाम्रो इकोनोमि

डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सत्ता शक्तिको व्यापक दुरुपयोग गरेको भन्दै नेकपा ९एमाले० डडेल्धुराले त्यसको प्रतिरोधका लागि आफ्ना कार्यकर्ता परिचालन गरेको छ ।

केहीदिन अघि नै गृह जिल्लामा आएका प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति देउवाले गाउँका सोझा र स्वतन्त्र मतदातालाई प्रभावित पार्नको लागि आर्थिक चलखेल गरेको एमाले जिल्ला कमिटीले ठहर गरेको छ । देउवा निकटका रघुवर भट्ट र गोविन्द बोहराले पैसाको बोरा नै बोक्न लगाएर काँग्रेसका कार्यकर्ता र भाडाका मान्छे खटाउन थालेको आशङ्कामा एमालेले त्यस्तो अवैध र निर्वाचन आचारसंहिताविरोधी काम गर्नेलाई तत्काल नियन्त्रणमा लिई निर्वाचन आयोगमा बुझाउन परिपत्र गरिएको एमालेका जिल्ला उपाध्यक्ष वीरेन्द्र बस्नेतले बताउनुभयो ।

प्रधानमन्त्रीका साथ प्रमुख जिल्ला अधिकारी, सेना, प्रहरी र सरकारका अन्य निकायका कर्मचारी पछि लाग्ने र सरकारी ओहोदाको दुरुपयोग भएको एमालेले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...