कांग्रेस माओवादी निर्वाचनबाट भागे



हाम्रो इकोनोमि

नेकपा (एमाल)का वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचनदेखि डराएर नेपाली काँग्रेस र माओवादीले निर्वाचन सारेको वताउनुभएको छ । सुनसरीको धरानमा भएको चुनावी सभालाई सम्वोधन गर्दै नेता नेपालले भन्नुभयो,‘अहिलेको राजपा र पहिलेको मधेशी मोर्चा त वहाना मात्रै हो, चुनाव सारिनुको मुख्य कारण काँग्रेस र माओवादीको पराजित मानसकिता हो ।’ राजपा यथास्थितिमा निर्वाचनमा नआउने वताइरहेको र उसले नयाँ मितिका लागि आफ्नो सहमति नरहेको जनाएकाले पनि निर्वाचन सार्नुका पछाडि पराजयको डर बाहेक अरु कारण नभएको पूर्वप्रधानमन्त्री नेपालले वताउनुभयो । उहाँले भरतपुरको मतगणना प्रसंग जोड्दै पराजय हुन लागेपछि माओवादीका कार्यकर्ताले मतपत्र च्यातेको वताउनुभयो । कांग्रेसले देशको अर्थतन्त्र सखाप पारेको आरोप लगाउँदै नेता नेपालले भन्नुभयो,‘कांग्रेसको पेटको अपरेशन गर्नुस् त्यहाँ देशका धेरै उद्योग तथा कलकारखाना देख्नु हुनेछ ।’ धनगढीबाट सिधै धरानको चुनावी सभामा सहभागी हुन आउनुभएका नेता नेपालले धरानमा माओवादी पत्तासाप हुने आधार प्रस्तुत गर्नुभयो । ७९ हजार मतदाता रहेको धरानमा एमालेले धरानका चोकचोकबाट जुलुस निकालेको थियो । एमालेले धरानको भानुचोकमा भव्य सभा गर्योे ।

 

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...