नारायणगढ–मुग्लिन सडकमा पहिरो,नाइट बस संचालनमा रोक लगाईदै



काठमाडौँ/ रातको समयमा पहिरो खसेर जनधनको क्षति बढेकाले नारायणगढ–मुग्लिन सडकमा रातको समयमा आवागमन रोक्ने तयारी भएको छ।

रातको समयमा खस्दै गरेको पहिरो नदेखिने, अगाडिको भाग सफा भए नभएको थाहा नहुने र पहिरो खसेमा पन्छाउन कठिन हुने हुँदा रातिको समयमा सवारी रोक्नुको विकल्प नभएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताए।

 

रातभर सडकमा लाममा बसेका यात्रु अत्तालिने र पहिरोको जोखिम उच्च हुने भएकाले पनि रातिको समयमा सवारी आवागमन रोक्ने तयारी गरिएको उनले बताए।

हाल दिनको समयमा सवारी रोकेर काम गरिँदै आएको छ। प्रजिअ भट्टले भने, ‘अब रातिको समयमा सडक रोकेर काम गर्नुपर्ने देखिएकाले साँझ ६ बजेबाट बिहान ४ बजेसम्म सडक आवागमन रोक्ने तयारी भएको छ। सरोकारवालासँग छलफल गरेर यसको टुङ्गो आज लगाउने प्रयास भइरहेको छ।’

गतवर्ष असार १ गतेबाट दिउँसो पनि सवारी सञ्चालन गर्न दिइएको थियो। गतवर्षको हिउँदमा बिहान ११ बजेबाट दिउँसो ३ बजेसम्म सडक रोकेर काम गरिएको थियो। भित्तो काट्न असहज बनेपछि यस वर्षको हिउँदमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म यातायात रोकेर काम गरिँदै आएको छ।

गत शुक्रबारबाट दिउँसोमा पनि सवारी सञ्चालन हुँदै आएको छ। पहिरोले सडक अवरुद्ध भएपछि सवारी चाप बढ्दा दिउँसो पनि सञ्चालन गर्न दिइएको हो। जसका कारण पहाड फोर्ने काम भने प्रभावित भएको छ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले रातको समयमा पहाड फोर्न र पर्खाल लगाउन कठिन भए पनि कालोपत्रे गर्न सकिने बताए।

सो सडकको १६ किलोमिटर क्षेत्र कालोपत्रे गर्न सकिने अवस्थामा रहेको उनले जानकारी दिए। हालसम्म उक्त सडकको चार दशमलब चार किलोमिटर सडक एक तह कालोपत्रे भएको छ। सो सडकमा तीन तह कालोपत्रे हुने खनालले बताए।

हालसम्म सडकको ५१ प्रतिशत काम मात्रै सम्पन्न भएक छ । भूकम्प र नाकाबन्दीको कारण २०७४ वैशाखमा सम्पन्न गर्नुपर्ने सो सडक मिति थप गरी भदौ मसान्तमा पु¥याइएको थियो।

निर्माण कम्पनीले थप तीन महिना १५ दिन समय थप गर्न माग गरेका गरेपछि पुनः पुस मसान्तसम्म मिति थप गरिएको छ। अहिलेको कामको प्रकृति हेर्दा पुस मसान्तसम्म पनि काम सम्पन्न हुने देखिदैन। सोही सडकको पहिलो खण्ड आँपटारीदेखि दासढुङ्गासम्म पहाड काट्नुपर्ने काम नभएकाले कालोपत्रेको काम भइरहेको छ।

दोस्रो खण्ड दासढुङ्गादेखि सिमलतालसम्मको १६ किलो र घुमाउनेमा पहाड काट्ने काम भइरहेको खनालले बताए। १६ किलोमा ४०० मिटर लम्बाई र ४५ मिटर अग्लो पहाडलाई काटेर सडक चौंडा गर्ने काम भइरहेको छ। जहाँ हाल छ देखि छ दशमलब पाँच मिटर चौडा सडक रहेको छ। जसलाई ११ मिटर बनाउनुपर्नेहुन्छ।

त्यस्तै घुमाउनेमा उत्तिकै अग्लो २५० मिटर लामो पहाड काट्ने काम आधा सकिएको खनालले बताए। ती क्षेत्रको काम निर्धारित समयमा सम्पन्न गर्नसके पनि मुग्लिन नजिकैको पहाड भने काट्न कठिन देखिएको छ।

विश्व बैंकको रु दुई अर्ब ९० करोडको आर्थिक सहयोगमा सो सडक निर्माण थालिएको हो । एसियन हाइवेअन्तर्गतको एएच ४ टू खण्डअन्तर्गत नारायणगढ–मुग्लिन सडकखण्ड पर्दछ।

इन्जिनियर खनालका अनुसार चीन हुँदै नेपालको कोदारी, काठमाडौँ, नागढुङ्गा नौबिसे, मुग्लिन नारायणगढ, हेटौँडा र वीरगन्जबाट भारतको मुजपफ्फरपुर हुँदै जाने यो सडक एसियन हाइवेको एक खण्ड हो।

आँपटारीदेखि दासढुङ्गासम्म भारतीय बिएलए तथा नेपाली श्रेष्ठ निर्माण कम्पनी, त्यसपछिको सिमलतालसम्म भारतीय उड हिल तथा नेपाली लामा निर्माण कम्पनी र सिमलतालदेखि मुग्लिनसम्म भारतको सुप्रिम र नेपाली रौताहा निर्माण कम्पनीलाई ठेक्का दिइएको छ।

राजधानी काठमाडौँबाट तराईका जिल्ला बाहिरिने र भित्रिने मुख्य मार्ग भएकाले यो सडक व्यस्त रहने गर्दछ।

सडकको १६ किलोदेखि मुग्लिनसम्म नौ मिटर फराकिलो र १६ किलोदेखि आँपटारसम्म ११ मिटर फराकिलो सडक निर्माण गरिँदैछ। सो सडक र चितवनमा पर्ने पृथ्वी राजमार्गको २० किलोमिटर क्षेत्रमा यस आर्थिक वर्षको हालसम्म २७ वटा दुर्घटना भएका छन्। जसमा ४४ जनाले ज्यान गुमाएका छन् भने १९ जना बेपत्ता भएका छन्। जनधनको क्षति रोक्नका लागि रातको समयमा यातायात आवागमन रोक्न लागिएको हो। यो सडक हुँदै दैनिक ११ हजार सवारी गुड्ने ट्राफिक प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय