तेल ट्यांकरमा आगलागी, कम्तीमा १२३ जनाको मृत्यु



हाम्रो इकोनोमि

काठमाण्डौं । पाकिस्तानको पूर्वी पञ्जाव प्रान्तमा आइतबार बिहान एउटा तेल ट्याङ्कर दुर्घटनामा परेपछि भएको आगलागीमा कम्तीमा पनि १२० जनाको जलेर मृत्यु भएको छ ।

पाकिस्तानको एक सरकारी टेलिभिजनलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार बहावपुर सहरमा तेल ट्यांकर पल्टिएर भएको आगलागीमा १२३ जनाको मृत्यु भएको हो । दुर्घटनामा ७५ जना भन्दा बढी घाइते भएका छन् । घाइतेहरुको सहरकै भिक्टोरिया अस्पतालमा उपचार भइरहेको छ ।

पाकिस्तानी अनलाइन डनका अनुसार ट्यांकरबाट चुहिएको तेल जम्मा गर्न झुम्मिएका स्थानीयहरु आगलागीमा परेका छन् । ट्यांकरबाट तेल चुहिएको खबरपछि ठूलो संख्यामा महिला र बालबालिका तेल जम्मा गर्न गर्न पुगेका थिए । दुर्घटनामा ६ वटा कार र १२ वटा मोटरसाइकल जलेका छन् ।

आगलागीमा मृत्यु भएकाहरुको अनुहार चिन्न सकिंदैन । उनीहरुको डीएनए परीक्षणको तयारी भइरहेको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...

हङकङको एक हाउजिङमा आगलागी हुँदा ४४ जनाको मृत्यु

    हङकङको ताई पो जिल्लामा रहेको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४...