कामना विकास बैंकको सेयर २५ गतेसम्म भरिसक्नुपर्ने



काठमाण्डौं । कामना विकास बैंकले ३० प्रतिशत हकप्रद सेयरको बिक्री खुला गरेको छ । बैंकले २४ करोड १३ लाख १३ हजार ७६० रुपैयाँको एक सय अङ्कित दरका २४ लाख १३ हजार एक सय ३७ दशमलव ६० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो ।

बैंकको हकप्रदमा विक्री प्रबन्धक एनआईबिएल क्यापिटल लाजिम्पाटका साथै कामना विकास बैंकको सम्पुर्ण शाखाहरुबाट आवेदन गर्न सक्नेछन् । त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको विराटनगर,वीरगञ्ज, बुटवल, नेपालगञ्ज र धनगढी शाखाहरुबाट समेत लगानीकर्ताले हकप्रदमा आवेदन बुझाउन सक्नेछन् ।

बैंकको हकप्रदमा मंसिर १० गते सम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । असार ११ गते खुला भएको बैंकको हकप्रद साउन १५ गते बन्द हुनेछ ।
हाल बैंकको चुक्ता पूँजी ८० करोड ४३ लाख रुपैयाँ रहेको छ । हकप्रद जारी पछि बैंकको चुक्ता पूँजी एक अर्ब चार करोड ५६ लाख ९२ हजार रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस
चीनले नेपालीलाई रेलवे सम्बन्धी तालिम दिने

  चीन सरकार नेपालीलाई रेल सम्बन्धी तालिम दिन तयार भएको छ । प्रधानमन्त्री

नेपाल र चीनबीच १३ बुँदे सम्झौता

      नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी

दोहोरो अंकले बढ्यो सेयर बजार

    साताको पहिलो दिन आइतबार सेयर बजार १०.२३ अंकले बढेको छ ।

नेपाल लाइफद्वारा दुधकुण्डमा निःशुल्क प्राथमिक स्वास्थ्य शिविर सम्पन्न

      नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले