यी हुन् चार फुटे,सबै भन्दा होचा उम्मेदवार



हाम्रो इकोनोमि

झापा । भद्रपुर नगरपालिका–८ निवासी पंकज कार्की संभवत नेपालकै ‘होचा’ उम्मेदवारका रुपमा यतिबेला भोट माग्न मतदाताको घरदैलोमा ब्यस्त छन् ।

भद्रपुर नगरपालिका–८ निवासी कार्की वडा सदस्यका लागि स्वतन्त्र उम्मेदवार बनेका हुन् । चार फुट उचाइका २९ वर्षीय कार्की आफूलाई नेपालकैै होचो उम्मेदवार भएको दाबी गर्छन । तर, मानिसको कदभन्दा विचार ठूलो हुनुपर्ने मान्यता राख्ने उनी युवाको बढ्दो विदेश पलायन रोख्न सक्दो पहल गर्ने दृढता सहित चुनाबी अभियानमा होमिएको बताउछन ।

मानिसको विचार उच्च हुनुपर्छ भन्ने मान्यता राख्ने उनि भन्छन – ‘डिग्री पढेर पनि युवा विदेसिनु परेको छ । युवाको क्षमताको आधारमा रोजगार सिर्जना गर्न विशेष पहल गर्छु ।’ युवा वर्गको समर्थन पाएकाले उनको जित निश्चित रहेको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...

ओली कुटीको राधिका शाक्यले गरिन् शिलान्यास

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको घर निर्माणको काम थालिएको छ...