इलामका सभामा केन्द्रीय नेताको लस्कर



हाम्रो इकोनोमि

 इलाम/ इलाम स्थानीय तहको निर्वाचन हुने दिन आउन चार दिन बाँकी छँदा इलाममा चुनावी माहोल ह्वात्तै बढेको छ ।

राजनीतिक दलका नेता–कार्यकर्ता चुनावी प्रचारप्रसारमा गाउँ÷गाउँ पसेका छन् । गाउँ पुगेर उनीहरुले नागरिकलाई चुनावबारे जानकारी गराउँदै आफ्नो पक्षमा मत माग्न थालेका छन् ।

पूर्वप्रधानमन्त्री झलनाथ खनाल र पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले विगत एक सातादेखि नै विभिन्न गाउँपालिकामा भएका चुनावी सभामा व्यस्त छन् । पार्टीका स्थानीय नेता–कार्यकर्तासँग बाक्लो भेटघाट गर्दै पार्टीका उम्मेदवारलाई जिताउन आग्रहसमेत गरिरहेका छन् ।

२०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा एमालेका वरिष्ठ नेता इलाम क्षेत्र नं.– १ बाट तथा एमालेका नेता नेम्वाङ निर्वाचन क्षेत्र–२ बाट विजयी भएका थिए । दुबै नेताले चुनावी गतिविधिलाई तिव्रता दिएको छ ।

चुनावमा भाग लिन नागरिकलाई आग्रह गर्दै जिल्लादेखि नगर, गाउँ र वडा कमिटी सबैलाई परिचालन गरिएको एमाले जिल्ला सचिव महेश बस्नेतले बताए ।

यसैगरी नेपाली काँग्रेसका जिल्ला तहका नेता–कार्यकर्ता यतिबेला चुनावी चटारो लिएर गाउँ पुगेका छन् । जिल्ला सभापति तथा इलाम नगरपालिकाका प्रमुखका उम्मेदवार हिमालय कर्माचार्यसहितका नेता÷कार्यकर्ता गाउँ–गाउँ पुगेर मतदातासँग साक्षात्कार गरिरहेको काँग्रेस जिल्ला सचिव निरोज खड्गीले बताउए ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

नवनिर्वाचित सांसदको शपथ ग्रहण चैत १२ गते

    नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २...