गृहमन्त्रीका भाइले काठमाडौँका मेयरलाई नयाँबानेश्वरमै दनक दिए



हाम्रो इकोनोमि

काठमाडौँ / काठमाण्डु महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले गरेको मोबाइल सम्बन्धी निर्णयको चर्को बिरोध हुन थालेको छ।महानगरको रकमबाट आफूसहित वडा अध्यक्षहरुका लागि महंगो स्मार्ट मोबाइल किन्ने निर्णय गरेका कारण उनि बिबादको भुमरीमा जकिएका छन्।

 

उनले गरेको निर्णय बिरुद्व माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले सडक तताएको छ। क्रान्तिकारीको काठमाण्डु जिल्ला समितिको आयोजनामा भएको प्रदर्शनका सहभागीले राज्यकोषको ब्रम्हलुट गर्न पाइँदैन, पदाधिकारीलाई मोबाइल किन्ने काठमाण्डु महानगरपालिकाको निर्णय खारेज गर जस्ता नारा लगाएका थिए ।नयाँबानेश्वरमा आयोजित कोणसभामा बोल्दै क्रान्तिकारीका वरिष्ठ उपाध्यक्ष अनिल शर्माले राज्यकोषको रकमबाट मोबाइल फोन किन्ने निर्णय तत्काल खारेज नगरे त्यसको परिणाम खतरनाक हुने चेतावनी दिए ।मेयर लाई कडा चेतावनी दिने शर्मा गृहमन्त्री एवं माओवादी केन्द्रका नेता जनार्दन शर्माका कान्छा भाई हुन् ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

नवनिर्वाचित सांसदको शपथ ग्रहण चैत १२ गते

    नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २...