गृहमन्त्रीका भाइले काठमाडौँका मेयरलाई नयाँबानेश्वरमै दनक दिए



हाम्रो इकोनोमि

काठमाडौँ / काठमाण्डु महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले गरेको मोबाइल सम्बन्धी निर्णयको चर्को बिरोध हुन थालेको छ।महानगरको रकमबाट आफूसहित वडा अध्यक्षहरुका लागि महंगो स्मार्ट मोबाइल किन्ने निर्णय गरेका कारण उनि बिबादको भुमरीमा जकिएका छन्।

 

उनले गरेको निर्णय बिरुद्व माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले सडक तताएको छ। क्रान्तिकारीको काठमाण्डु जिल्ला समितिको आयोजनामा भएको प्रदर्शनका सहभागीले राज्यकोषको ब्रम्हलुट गर्न पाइँदैन, पदाधिकारीलाई मोबाइल किन्ने काठमाण्डु महानगरपालिकाको निर्णय खारेज गर जस्ता नारा लगाएका थिए ।नयाँबानेश्वरमा आयोजित कोणसभामा बोल्दै क्रान्तिकारीका वरिष्ठ उपाध्यक्ष अनिल शर्माले राज्यकोषको रकमबाट मोबाइल फोन किन्ने निर्णय तत्काल खारेज नगरे त्यसको परिणाम खतरनाक हुने चेतावनी दिए ।मेयर लाई कडा चेतावनी दिने शर्मा गृहमन्त्री एवं माओवादी केन्द्रका नेता जनार्दन शर्माका कान्छा भाई हुन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...

ओली कुटीको राधिका शाक्यले गरिन् शिलान्यास

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको घर निर्माणको काम थालिएको छ...