ग्लोबल आइएमईद्धारा रिलायबल डेभलपमेन्ट बैंक प्राप्ती, चुक्ता पूँजी ८ अर्बमाथि



हाम्रो इकोनोमि

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडको विशेष साधारण सभाले रिलायबल डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्ने सम्बन्धि विषेश प्रस्ताव पारित गरेको छ । काठमाण्डौमा बसेको विशेष साधारणसभाले सो प्रस्ताव पारित गरेको हो ।

बिगत ११ वर्षदेखि बैंकिङ्ग कारोबार गर्दै आएको रिलायबल डेभलपमेन्ट बैंकको चुँक्ता पूँजी १ अर्ब १ करोड ४ लाख रहेको छ । सभाले रिलायबल डेभलपमेन्ट बैंक लि. को १०० कित्ता शेयरलाई ग्लोबल आइएमई बैंक लि. को ८२.९० कित्ता शेयर दिने गरी शेयर स्वाप अनुपात कायम गर्नेसहितको विषेश प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

सो प्राप्ती पश्चात् ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी ८ अर्ब ८ करोड ३ लाख पुग्नेछ भने शाखा संख्या ११२, एटिएम ११४, ५ वटा एक्सटेन्सन काउण्टर, ४६ शाखारहित बैंकिङ्ग सेवा तथा ग्राहक संख्या ७ लाख भन्दा बढि पुग्नेछ । साथै यहि असार मसान्त सम्ममा दुबैं बैंकवीच एकिकृत कारोबार गर्ने लक्ष्य ग्लोबल आइएमई बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस
नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

प्रभु बैँकका ग्राहकलाई ससः त्वामा १५ प्रतिशतसम्म छुट

    प्रभु बैँक लिमिटेड र कीर्तिपुर नगरपालिका–३ सागलस्थित ससः त्वा हस्पिटालिटी प्रालिबिच...

प्रभु बैंकले ३ करोडसम्म घर कर्जा दिने

    प्रभु बैंक लिमिटेडले घर तथा सवारी साधन खरिदका लागि नयाँ होम...

माछापुच्छ्रे बैंकको डिसिइओमा पाँडे

    माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ)मा कल्याणविक्रम पाँडे नियुक्त...