किन हुँदैछ, तल्लो मोदी आयोजनाको उत्पादनमा ढिलाई



हाम्रो इकोनोमि

काठमाण्डौं । पर्वतमा निर्माणाधीन २० मेगावाटको तल्लो मोदी जलविद्युत् आयोजनाको उत्पादन शुरू हुन ६ महीना ढिलाइ हुने भएको छ । आगामी साउनदेखि उत्पादन थाल्ने तालिका थियो । सुरुङ तयार नभएकाले पछाडि धकेलिएको आयोजना प्रमुख पवन यादवले बताए । मनाङ ट्रेड लिङ्क प्रालिले निर्माण गरिरहेको आयोजनाको हेडवक्र्सको काम ९५ प्रतिशत सकिएको छ । सुरुङ खन्ने काम पूरा भई कङ्क्रिटिङ भइरहेको छ । यादवका अनुसार कङ्क्रिटिङको काम ४० प्रतिशतको हाराहारीमा मात्रै सकिएकाले ढिला हुने देखिएको हो ।

कमजोर भौगर्भिक अवस्थाका कारण सुरुङमा समस्या देखिएको आयोजना कङ्क्रिटिङमा पनि समय लागेको छ । सुरुङको काम पूरा हुन ४ महीना थप लाग्ने यादवले बताए । विद्युत्गृहमा ७० प्रतिशत काम सकिएको छ । आयोजनामा जडान हुने हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आयात भइसकेको मनाङ ट्रेड लिङ्कले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...

इरानको पावर प्लान्टमा आक्रमण गर्ने ट्रम्पको चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिएका छन् । उनले...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...