६९९ जनप्रतिनिधिका लागि तीन हजार ३४० उम्मेदवार



हाम्रो इकोनोमि

काठमाण्डौं । झापामा दोस्रोचरणको निर्वाचनकमा कुल ६९९ जना जनप्रतिनिधिका लागि नगरपालिका र गाउँपालिका गरी जम्मा तीन हजार ३४० उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् ।

जिल्लामा कुल पाँच लाख १० हजार २१६ मतदातामा पुरुष दुई लाख ५३ हजार ४१५ र महिला दुई लाख ५६ हजार ७९८ जना छन् ।पुरुषको तुलनामा महिला मतदाताको सङ्ख्या तीन हजार ३८३ ले बढी रहेको जिल्ला निर्वाचन कार्यालय प्रमुख गोपाल आचार्यले बताउनुभयो ।

निर्वाचनका लागि झापामा ३८३ मतदानस्थल र ६३७ मतदान केन्द्र तोकिएकामा ४८ वटा अतिसंवेदनशील र ४६ वटालाई संवेदनशील मतदान केन्द्रको रुपमा पहिचान गरी सोही अनुसार शान्ति सुरक्षाको व्यवस्था मिलाएको प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले जानकारी दिनुभयो ।

भद्रपुर नगरपालिकामा ५२ जना जनप्रतिनिधिका लागि अहिले प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, वडा सदस्य र स्वतन्त्र उम्मेदवार गरी २९२ जनाले उम्मेदवारी दिएका छन् । सो कार्यालयका अनुसार कुल मतदाता ४२ हजार ५७ जना रहेको सो नगरपालिकामा निर्वाचनका लागि २४ वटा मतदानस्थल र ५३ वटा मतदान केन्द्र तोकिएको छ । यस्तै सात गाउँपालिकामा एक लाख ६१ हजार ७१५ र आठ नगरपालिका तीन लाख ४८ हजार ५०१ मतदाता निर्वाचनमा सहभागी हुने भएका छन् ।

मतदाता शिक्षाका लागि ६३७ जना परिचालन भए पनि झापामा रहनुभएका राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुधीर पाठकले जनतालाई पूर्णरुपमा मतदातालाई मतदान सम्बन्धी ज्ञान नभएको पाइएको र अधिकांश राजनीतिक दलले आचारसंहितालाई पूर्णरुपमा पालन नभएकाले यसतर्फ सबैको ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो ।

निर्वाचन हुने जनप्रतिधिमा सबै भन्दा बढी मेचीनगर नगरपालिकामा ७७ जना र सबै भन्दा कम हल्दिवारी गाउँपालिकामा २७ जना छन्  ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

नवनिर्वाचित सांसदको शपथ ग्रहण चैत १२ गते

    नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २...