६९९ जनप्रतिनिधिका लागि तीन हजार ३४० उम्मेदवार



हाम्रो इकोनोमि

काठमाण्डौं । झापामा दोस्रोचरणको निर्वाचनकमा कुल ६९९ जना जनप्रतिनिधिका लागि नगरपालिका र गाउँपालिका गरी जम्मा तीन हजार ३४० उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् ।

जिल्लामा कुल पाँच लाख १० हजार २१६ मतदातामा पुरुष दुई लाख ५३ हजार ४१५ र महिला दुई लाख ५६ हजार ७९८ जना छन् ।पुरुषको तुलनामा महिला मतदाताको सङ्ख्या तीन हजार ३८३ ले बढी रहेको जिल्ला निर्वाचन कार्यालय प्रमुख गोपाल आचार्यले बताउनुभयो ।

निर्वाचनका लागि झापामा ३८३ मतदानस्थल र ६३७ मतदान केन्द्र तोकिएकामा ४८ वटा अतिसंवेदनशील र ४६ वटालाई संवेदनशील मतदान केन्द्रको रुपमा पहिचान गरी सोही अनुसार शान्ति सुरक्षाको व्यवस्था मिलाएको प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले जानकारी दिनुभयो ।

भद्रपुर नगरपालिकामा ५२ जना जनप्रतिनिधिका लागि अहिले प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, वडा सदस्य र स्वतन्त्र उम्मेदवार गरी २९२ जनाले उम्मेदवारी दिएका छन् । सो कार्यालयका अनुसार कुल मतदाता ४२ हजार ५७ जना रहेको सो नगरपालिकामा निर्वाचनका लागि २४ वटा मतदानस्थल र ५३ वटा मतदान केन्द्र तोकिएको छ । यस्तै सात गाउँपालिकामा एक लाख ६१ हजार ७१५ र आठ नगरपालिका तीन लाख ४८ हजार ५०१ मतदाता निर्वाचनमा सहभागी हुने भएका छन् ।

मतदाता शिक्षाका लागि ६३७ जना परिचालन भए पनि झापामा रहनुभएका राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुधीर पाठकले जनतालाई पूर्णरुपमा मतदातालाई मतदान सम्बन्धी ज्ञान नभएको पाइएको र अधिकांश राजनीतिक दलले आचारसंहितालाई पूर्णरुपमा पालन नभएकाले यसतर्फ सबैको ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो ।

निर्वाचन हुने जनप्रतिधिमा सबै भन्दा बढी मेचीनगर नगरपालिकामा ७७ जना र सबै भन्दा कम हल्दिवारी गाउँपालिकामा २७ जना छन्  ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...

ओली कुटीको राधिका शाक्यले गरिन् शिलान्यास

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको घर निर्माणको काम थालिएको छ...