भीम रावल र रमेश लेखक बीच चर्काचर्की



महेन्द्रनगर । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा महाकाली नदीमाथि बन्ने पुलको विषयमा नेकपा एमालेका उपाध्यक्ष भीम रावल र कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकबीच वाकयुद्ध शुरु भएको छ ।

केही दिनअघि दोधाराचाँदनीमा आयोजित चुनावी सभामा एमाले उपाध्यक्ष भीम रावलले महाकाली नदीको पुल एमालेले निर्माण गरेको बताएका थिए । त्यहि विषयलाई लिएर मन्त्री रमेश लेखकले उपाध्यक्ष रावलको उछितो काढ्न थालेका छन् । भीमदत्त नगरपालिका–१२ ऐरी चौराहमा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता लेखकले झुठ बोलेर एमालेले जनतालाई झुक्याइरहेको आरोप लगाएका हुन् ।

‘भीम रावलले दोधारामा स्कूले विद्यार्थी जम्मा गरेर महाकालीको पुल आफूहरूले बनाएको भन्नु भएछ,’ लेखकले भने, ‘काठमाडौं फर्किएपछि उहाँसँग तपाई कहिले सडक र पुल बनाउने मन्त्री हुनुभयो रु स्मरण गराई दिनुस् त भन्छु ।’
नेता लेखकले आफू भौतिक पूर्वाधार तथा यातायातमन्त्री हुँदा पुल निर्माणका लागि १ करोड रुपैयाँ विनियोजनसँगै पूल निर्माणको प्रक्रिया अघि बढेकोे बताएका छन् ।

साउन महिनाभित्रै पुल निर्माणका लागि ठेकेदार कम्पनी तय हुने र आगामी कात्तिक महिनाभित्रै शिलान्यास गरिने लेखकले दाबी गरे । ‘३ वर्षभित्रै पुल निर्माण सम्पन्न होस् भनेर रातो किताबमा १ करोड विनियोजन भएको छ,’ लेखकले भने ।

 

प्रतिक्रिया दिनुहोस
राजस्वले साधारण खर्च धान्नसमेत धौधौ परिरहेको छ : अर्थमन्त्री पौडेल

     उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशको राजस्व संकलनले साधारण खर्चसमेत धान्न

एमालेनिकट अनेरास्ववियु ४० क्याम्पसका सभापतिमा निर्विरोध

    अहिले चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि देशभरको

चैत ४ मा एमाले सचिवालय बैठक

    नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । केन्द्रीय कार्यालय सचिव डा.

पार्टी कमिटीमा व्यापक शुद्धीकरण गर्ने एमाले जरा अभियानको लक्ष्य

    नेकपा एमालेले तीन महिने वडा केन्द्रित अभियानमा सङ्गठनात्मक अराजकता र अवसरवादलाई