नेपाल र कोरियाका विद्यालयबीच भगिनी सम्वन्ध स्थापना



हाम्रो इकोनोमि

काठमाडौँ । नेपालका र कोरीयाका दुई विद्यालयबीच भगिनी सम्वन्ध स्थापान भएको छ । हालै दुई देशका विद्यालयका बीच विभिन्न बुँदाहरुमा साझदारी भएको हो ।

सन् १९८७ काठमाडौं नैकाप, तीनथाना अवस्थित ब्राइट फ्युचर स्कुल र १९९७ काठमाडांै स्वयंभुमा अवस्थित हारती शिक्षा मन्दिर स्कुल नेपाल र दक्षिण कोरिया ह्वासाङ्ग सिटीमा अवस्थित ससिन माध्यामिक विद्यालय र दक्षिण कोरिया, सुवन सिटि अवस्थित मम् फुटबल क्लब बीच केही दिन सम्झौता भएको हो ।

दुबै देशका बिद्यालय बीच आपसी भगिनी सम्बन्धमा हस्ताक्षर गरी विधिवतरुपमा सम्बन्ध स्थापित भएको विद्यालयले जनाएको छ ।
सम्झौतापछि विद्यालयले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ, –‘आजको यस हारती शिक्षा मन्दीर स्थित स्पोटर्स हलमा आयोजना गरिएको यस पत्रकार सम्मेलनमा दुई देशका विद्यालयवीच विभिन्न बुदाँहरूमा आपसी छलफल र सद्भावका आधारमा भविष्यमा सहकार्य गर्न सकिने समझदारी भएको सहर्ष जानकारी यराउँछौं ।’

सम्झौतामा संस्कृति आदान–प्रदान, शिक्षक तथा विद्यार्थी आदान–प्रदान, शैक्षिक सामाग्री आदान–प्रदान , खेलकुदको विकास र विस्तारमा सहयोग आदान प्रदान , विभिन्न सामाग्रीहरू तथा प्रविधि आदान–प्रदान, आर्थिक सहयोग लगायतका साझेदारी गर्ने उल्लेख छ । यसैगरी शिक्षाको माध्यमद्वारा दुई देशका विद्यालय लाई हित हुने तथा सुमधुर सम्बन्ध कायम गर्ने समेत उल्लेख छ ।

ब्राइट फ्युचर स्कुल र हारती शिक्षा मन्दिर स्कुल फुटबल, तेक्वान्दो, योङ्गमुदो, डान्स, म्युजिक जस्ता विषयलाई उच्च स्थानमा राखि अतिरिक्त व्रिmयाकलापमा अनिवार्य रुपमा पढाइ हुनुे विद्यालय हो । जस अन्तर्गत हारति शिक्षा मन्दिर स्कुल नेपालकै एक मात्र कोरीयन भाषा पनि पढाइहुने विद्यालय हो भने ब्राइट फ्युचर स्कुल काठमाण्डौंको उच्चशिर्ष १० औं स्थानमा पर्ने विद्यालय हो ।

 

प्रतिक्रिया दिनुहोस
इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...

क्यानडामा विद्यालय र घरमा अन्धाधुन्ध गोली प्रहार

    क्यानडामा भएको भीषण सामूहिक गोलीकाण्डमा कम्तीमा नौ जनाको ज्यान गएको छ...

टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

बागबजार र ववरमहलमा बक्स कल्भर्ट निर्माण हुने

    काठमाडौँ महानगरपालिकाले पुतलीसडकबाट बागबजार हुँदै रत्नपार्क जाने सडक खण्डको टुकुचा खोलामा...