निर्बिरोध निर्बाचित हुनेको संख्या बढ्दै,हेर्नुहोस को कसरी निर्बिरोध भए



हाम्रो इकोनोमि

काठमाडौँ / सम्बन्धित पदमा एकभन्दा बढीको उम्मेदवारी नै नपरेपछि निर्विरोध निर्वाचित हुनेको संख्या ३८ पुगेको छ,जसमा १ वडाध्यक्ष पनि निर्विरोध निर्वाचित भएका छन् । दोस्रो चरणको स्थानीय तह निर्वाचनमा एकभन्दा बढीको उम्मेदवारी नै नपरेपछि उनीहरु निर्विरोध निर्वाचित भएका हुन्।
निर्वाचन आयोगले प्रारम्भिक भन्दै सार्वजनिक गरेले तथ्यांक भएकाले निर्विरोध संख्या थप हुन सक्ने जनाएको छ।

निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले भने, ‘प्रदेश नम्बर १ मा १२, प्रदेश नम्बर ५ मा १२ र प्रदेश नम्बर ७ मा १४ जना निर्विरोध भएको प्रारम्भिक विवरण आयोगमा प्राप्त भएको छ।’ सचिव मैनालीले बझाङ जिल्लाको काँडा गाउपालिका वडा नम्बर ५ मा धनन्जय बोहोरा निर्विरोध निर्वाचित भएको जानकारी दिए। उनले बोहरा कुन पार्टीकोतर्फबाट निर्वाचित भएको भन्नेबार भने खुलाएनन्।

‘बाँकी निर्विरोध निर्वाचित भएका ३७ सदस्य मध्ये २४ जना दलित महिला सदस्य हुनुहुन्छ,’ सचिव मैनालीले भने।
तीनवटै प्रदेशका विभिन्न १५ जिल्लाबाट निर्विरोध निर्वाचित हुनेहरु मध्ये नेपाली काँग्रेसकातर्फबाट १४, नेकपा एमालेकातर्फबाट १४ र नेकपा माओवादी केन्द्रकातर्फबाट १० जना छन्।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

नवनिर्वाचित सांसदको शपथ ग्रहण चैत १२ गते

    नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २...