सात हजार मेगावाट क्षमताका आयोजना अध्ययनमा



काठमाण्डौँ। आगामी सात वर्षमा १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ अगाडि बढेको सरकारले पछिल्ला दिनमा सात हजार १३६ मेगावाट क्षमताका जलविद्युत् आयोजनाको अध्ययन तथा अनुसन्धानको कार्यलाई द्रुत रुपमा अगाडि बढाएको छ ।

जलविद्युत् आयोजना एकदमै प्राविधिक र विशिष्ट विषय भएकाले अध्ययनमा विशेष जोड दिइएको छ । ऊर्जा मन्त्रालय मातहतको विद्युत् विकास विभागका अनुसार कुल ५५ वटा आयोजनाको हाल अध्ययन तथा अनुसन्धान गरिरहेको छ । ती आयोजनाको क्षमता सात हजार १३६ मेगावाट रहेको छ । आयोजना सुरु गर्नुभन्दा पहिले विशिष्ट तवरले अध्ययन गर्नुपर्ने भएकाले विभागले प्राविधिक कामलाई विशेष ध्यान दिएको हो ।

सरकारको बास्केट फन्डमा रहेका आयोजनालाई नै विशेष ध्यानमा राखेर अध्ययन गरिरहेको छ । विभागले प्राथमिकताका साथ अध्ययन गरिरहेको आयोजनामा ४४० मेगावाट क्षमताको भेरी एक, अरुण चौथो ३०० मेगावाट, कर्णाली सात ३३० मेगावाट, खिम्ती शिवालय २०० मेगावाट, किमाथाङका अरुण ४३४ मेगावाटको अध्ययन गरेको छ ।

यस्तै, तल्लो अरुण ४०० मेगावाट, नौमुरे जलाशययुक्त आयोजना ४१० मेगावाट, शारदा बबई ९३ मेगावाट, माथिल्लो झिमरुक १०० मेगावाट, सुनकोसी दोस्रो एक हजार ११० मेगावाट, सुनकोसी तेस्रो ५३६ मेगावाट ठूला आयोजनाका रुपमा रहेका छन् । त्यस्तै अध्ययनका क्रममा तीन मेगावाटदेखि एक सय मेगावाटसम्मका आयोजना अधिकांश रहेका छन् ।

विभागका अनुसार सरकारको बास्केट फन्डमा १४९ आयोजना अझै रहेका छन् । ती आयोजनाको क्षमता चार हजार ८०० मेगावाट रहेको छ ।

पछिल्लो पटक नेपाल विद्युत् प्राधिकरणले विभिन्न आठ जलविद्युत् आयोजनाको कम्पनी नै स्थापना गरेर अध्ययन अगाडि बढाएको प्रवक्ता प्रबल अधिकारी बताउनुहुन्छ । यस्तै निजी क्षेत्रका तर्फबाट पनि आयोजनाको अध्ययन तथा निर्माणको कामलाई गति दिइएको छ । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इपान)का अनुसार निजी क्षेत्रले हाल तीन हजार मेगावाट क्षमताका आयोजना निर्माण गरिरहेको छ भने करिब पाँच हजार मेगावाट क्षमताका आयोजना अध्ययनको क्रममा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
औद्योगिक क्रान्तिमा पछाडि परेका देशका चुनौती सम्बोधन गर्न प्रधानमन्त्रीको आग्रह

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी शान्ति र साझा समृद्धि सुनिश्चित गर्नका

ट्यांकर चालक संघ र सरकारबीच सहमति

    नेपाल पेट्रोलियम ट्यांकर चालक संघ र सरकारबीच वार्ता सकारात्मकरूपमा टुंगिएको छ

काठमाडौंमा पेट्रोलियम पदार्थको अभाव

    काठमाडौंका पेट्रोल पम्पहरू बन्द गरिएको छ । हिजो साँझबाटै पेट्रोल अभाव

मकवानपुर थानाभर्‍याङको तेस्रो ठूलो सबस्टेसन सञ्चालनमा

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ४०० केभीको हेटौंडा सबस्टेसन उद्घाटन गरेका