काठमाडौँमा धुवाको मुस्लो,यसकारण भोली प्लेन नउड्ने



हाम्रो इकोनोमि

काठमाडाैं/ भोली असार ९ गते शुक्रबार दिउसो ४ बजे पछि नेपालको एकमात्र बिमानस्थलमा आधा घन्टाका लागि सन्नाटा छाउने छ । पांच बजे सम्म कुनै पनि उडान हुने छैन। आधा घण्टा सुनसान हुने विमानस्थलका कारण एयरपोर्ट वरपर कालो धुँवाको मुश्लो पनि देखिने भएको छ । अति ब्यस्त एयरपोर्ट लाइ ठप्प पारेर आधा घण्टा नागरिक उड्डयन प्राधिकरणले सुरक्षा अभ्यास गर्न लागेका कारण भोलि दिउँसो साढे चार बजेदेखि पाँच बजेसम्म त्रिभुवन विमानस्थलबाट उड्ने र यहाँ अवतरण हुने सबै विमानहरू ठप्प हुने भएका हुन् ।

प्राधिकरणका अनुसार नेपालमा रहेका सबै हवाई उडानसँग सम्बन्धित निकायहरूका सहभागितामा विमानस्थल संकटकालीन योजनासम्बन्धि पूर्णकालीन अभ्यास चलाउनका लागि उडान रोक्न लागिएको हो। प्राधिकरण श्रोतका अनुसार विमानस्थल संकटकालीन योजनाको अभ्यास गर्ने परिपाटी अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को मापदण्डअनुसार गरिने योजनाबद्ध अभ्यास भएकाले विमानस्थलबाट देखिने कालो मुश्लो धुँवा भने कुनै दुर्घटना नभइ नक्कली दुर्घटनाको पूर्व अभ्यासको सूचक मात्र हुनेछ । त्यसकारण कालो मुस्लो देखिदैमा नाअत्तिन पनि प्राधिकरणले आम सर्ब साधारणमा अपिल गरेको छ।

प्रतिक्रिया दिनुहोस
इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...

क्यानडामा विद्यालय र घरमा अन्धाधुन्ध गोली प्रहार

    क्यानडामा भएको भीषण सामूहिक गोलीकाण्डमा कम्तीमा नौ जनाको ज्यान गएको छ...

टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

बागबजार र ववरमहलमा बक्स कल्भर्ट निर्माण हुने

    काठमाडौँ महानगरपालिकाले पुतलीसडकबाट बागबजार हुँदै रत्नपार्क जाने सडक खण्डको टुकुचा खोलामा...