घर दैलो गर्दै गर्दा कांग्रेस उम्मेदवारको निधन



हाम्रो इकोनोमि

मोरङ । मोरङको लेटाङ नगरपालिका वडा नं ६ मा नेपाली काँग्रेसबाट खुल्ला सदस्यको उम्मेदवार बनेका मात्रिकाप्रसाद भण्डारीको आज बिहान निधन भएको छ । छपन्न वर्षीय भण्डारीको मुटुसम्बन्धी रोगका कारण बिहान ११ बजे निधन भएको हो । भण्डारी चुनावी घरदैलो कार्यक्रममा हिँड्ने क्रममा चार÷पाँच दिनदेखि नै बिरामी रहेको र आज बिहान झापाको दमकमा उपचार गराएर फर्कने क्रममा बाटोमै मृत्यु भएको सो वडामा काँग्रेसबाट वडाध्यक्ष पदका उम्मेदवार रहेका जङ्ग तामाङले जानकारी दिए ।

विसं २०४६ देखि नै नेपाली काँग्रेसमा आबद्ध भण्डारी स्थानीय सामाजिक सङ्घसंस्थामा पनि थिए । उनका श्रीमती, तीन छोरा र एक छोरी छन् । क्षेत्रीय निर्वाचन कार्यालय, विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले सो वडाका लागि पुनः मनोनयन दर्ता गरिने बताए छ ।

 

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

नवनिर्वाचित सांसदको शपथ ग्रहण चैत १२ गते

    नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २...