बम हमलामा २९ जनाको मृत्यु, ६६ घाईते



हाम्रो इकोनोमि

काठमाण्डौं । अफगानिस्तानस्थित हेलमन्ड प्रान्तको राजधानी लस्कार्घस्थित न्यु काबुल बैंकको शाखा बाहिर बाहीर आतंकवादीले शक्तिशाली बम विस्फोट गराउँदा कम्तिमा पनि २९ जना मारिएका छन् ।

यो घटनामा अन्य ६६ जना घाइते हुन पुगेका छन् । प्रान्तीय गभर्नर उमर जवाकका प्रवक्ताले बताए अनुसार आतंकवादीहरूले बैंक बाहिर कारबाट आत्मघाती हमला गरेका हुन् ।

उनका अनुसार हमलामा घाइते मानिसलार्इ अस्पतालमा भर्ना गरिएको छ । गृहयुद्धको आगोमा जलिरहेको अफगानिस्तान भएको यस हमलाको जिम्मेवारी अहिलेसम्म कुनै संगठनले लिएको छैन ।

मामिलाको जाँच पनि सुरू गरिएको छ । समाचार अनुसार आतंकवादीहरूले सुरक्षाकर्मीको तलब निकाल्ने काममा बाधा गर्नका लागि बैंकलार्इ निशाना बनाएका हुन् ।मृतक र घाइतेको संख्यामा वृद्धि हुन सक्ने बताइएको छ। घटनापछि बैंकका सुरक्षा गार्डले पनि गोली चलाएका थिए ।

प्रतिक्रिया दिनुहोस
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

    सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको ५० प्रतिशत निर्माण सम्पन्न

    चितवनको भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य...

इरानी फुटबल टोली अमेरिका पुग्यो

  अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति घोषणा भएकै समयमा इरानको राष्ट्रिय...

त्रिविको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

    त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको...