अब तपाईको फेसबुक प्रोफाइल फोटो अरुले डाउनलोट गर्न नमिल्ने



हाम्रो इकोनोमि

काठमाण्डौं । फेसबुकले प्रयोगकर्तालाई उत्कृष्ट सेवा दिनका लागि नयाँ–नयाँ परिवर्तन गरिरहन्छ । फेसबुकमा अहिलेसम्म सबैभन्दा ठूलो समस्या यो थियो कि तपाईंको प्रोफाइल फोटो र पोष्ट गरिएको फोटोलाई अन्य व्यक्तिले सजिलै डाउनलोड गर्न सक्थ्यो तर अब यस्तो गर्न सकिने छैन । फेसबुकले प्रयोगकर्ताको प्रोफाइल फोटोलाई सिक्योर बनाउनका लागि नयाँ टूल पेश गरेको छ ।

के हो फेसबुक प्रोफाइल पिक्चरको सिक्योर टूल ?

फेसबुकले यो नयाँ टूलबाट प्रयोगकर्तालाई आफ्नो फोटोमा प्राइभेसी लगाउने अप्सन दिएको छ । अर्थात्, आफ्नो प्रोफाइल फोटो, कभर फोटोका लागि तपाईं सेटिङ गर्न सक्नुहुन्छ र यसलाई कसैले पनि डाउनलोड र सेयर गर्न नमिल्ने बनाउन सक्नुहुन्छ । यसका लागि प्रोफाइल पिक्चर गार्ड फिचर दिइएको छ ।

अहिलेका लागि यो फिचर भारतमा मात्र लञ्च भएको छ जसलाई चाँडै नै अन्य देशमा पनि लञ्च गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...