लुटको धनमा फुपुको श्राद्द गर्दै मेयर र उपमेयर



हाम्रो इकोनोमि

काठमाडौँ/ मुलुककै पुरानो त राजधानी भएको काठमाडौँ महानगरका जनप्रतिनिधी अनाबश्यक कामम तल्लिन हुन थालेका छन। चुनाव जित्नुअघिसम्म ठुल्ठुला जनपक्षीय नाराहरु अघि सारेका नेताहरुले महानगरपालिकाको बैठकबाट अलोकप्रिय निर्णयहरु गर्न थाले पछि चौतर्फी आलोचना हुन् थालेको छ।महानगरका जनप्रतिनिधिले भने आफ्ना लागि मोबाइल फोन किन्ने निर्णय गरेको पाइएको छ । नगर कार्यपालिकाको मंगलबार बसेको बैठकले जनप्रतिनिधिको सेवा सुविधाका लागि भन्दै ३५ लाख रुपैयाँ छुट्याउने निर्णय गरेको छ ।

 

नगर कार्यपालिका सदस्यका लागि मोबाइल खरिदका लागि ३० हजार रुपैयाँ दिइने भएको छ । नगरकार्यपालिका सदस्यमा ३२ वडाका वडाध्यक्ष र ८ सदस्य छन् । यसरी हेर्दा नगरकार्यपालिका सदस्यका लागि मोबाइल किन्न मात्र १२ लाख खर्च हुन्छ । मेयर र उपमेयरका हकमा आफ्नै हात जगन्नाथ भने झैँ मन लाग्दो मोबाइल किनेर त्यसको बिल महानगरमा बुझाउनु पर्ने छ । निजी प्रयोगका लागि चाहिने सामग्री महानगरको पैसामा किन्न थाले पछि आलोचना हुनु स्वाभाविक हो। महानगरका कर्मचारी ज्ञानेन्द्र बहादुर कार्कीले उचालेकै भरमा यस्तो निर्णय भएको त्यहाका कर्मचारीले बताए।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

नवनिर्वाचित सांसदको शपथ ग्रहण चैत १२ गते

    नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २...