बैंकको १८ लाख ३ हजार कित्ता सेयर आउँदै



काठमाडौं । अल्पाइन डेभलपमेन्ट बैंकले असार २५ देखि ६९.३३५ हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ । बैंकले ३ः२.०८ अनुपातमा (प्रत्येक ३ कित्ता बराबर थप २.०८) कित्ता सेयर बिक्री गर्न लागेको हो । बैंकले १०० रुपैयाँ अंकित मूल्यको १८ लाख ३ हजार २४७ कित्ता बिक्री गर्नेछ । यो हकप्रद सेयर साउन २९ गतेसम्म भर्न पाइनेछ ।

हकप्रद निष्कासनपछि अल्पाइनको चुक्ता पुँजी ४४ करोड ४ लाख रुपैयाँ हुनेछ । अल्पाइन डेभलपमेन्ट बैंकको मुख्य कार्यालय हेटौडा–४ मेनरोड मकवानपुर तथा शाखा कार्यालय साँगा काभे्रपलान्चोक र नारायणगढ चितवनबाट आवेदन दिन सकिने छ । त्यस्तै, एनएमबि बैंकको उपत्यका भित्रका शाखा कार्यालयहरु सितापाइला, कलंकी, चावहिल, बसुन्धारा, कुमारीपाटी र सूर्यविनायकबाट आवेदन दिन सकिनेछ ।

यसैगरी, उपत्यकाबाहिर तीनदोबाटो बनेपा, ट्राफिकचोक बुटवल, महेनद्रपथ धरान, रंगेलीरोड विराटनगर, सुर्खेतरोड नेपालगञ्ज, बसपार्करोड धनगढी, न्युरोड पोखरा, आदर्शनगर वीरगञ्ज, भानुचोक जनकपुर, नारायणगढ चितवन र विर्तामोड झापा शाखाबाट पनि आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस
चैत मसान्तसम्म २९ प्रतिशत विकास खर्च

    चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक अवधिसम्ममा विकास खर्च २९

प्रधानमन्त्रीद्धारा नबिल बैंक सम्मानित

    नेपाल उद्योग वाणिज्य महासंघले नबिल बैंक लिमिटेडलाई आफ्नो ५९औँ वार्षिक साधारणसभा

सहकारीको बचतमा तोकियो नयाँ मापदण्ड

    बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरूका लागि नयाँ मापदण्ड जारी

नेपाल र थाइल्यान्डबीच विभिन्न सम्झौतापत्रमा हस्ताक्षर

    प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक थाइल्यान्ड भ्रमणमा दुई देशबीच विभिन्न सम्झौतापत्रमा